|

काठमाडाै : क्रिप्टो करेन्सी र बिट क्वाइनबाट वित्तिय कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडाैंबाट पक्राउ गरेकाे छ।

महानगरीय अपराध महाशाखाकाे टाेलीले मीनभवनबाट तीन जनालाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा पर्वत फलेबास नगरपालिका- ११ कर्नास घर भई पाेखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडाैं-११ थापाथली बस्ने २७ वर्षीय  दीपेनराज श्रेष्ठ छन्।

पक्राउ व्यक्तिहरूमध्येका राजन भट्टराईले हालसम्म ९७५ जनासँग एक हजार ९२६ पटक कारोबार गरेको तथा मंसिरदेखि पुससम्म लगभग २६ लाख रुपैयाँकाे कारोबार गरेको अनुसन्धानबाट खुलेकाे महाशाखाले जनाएकाे छ। अन्य दुई जनाले समेत कारोबार गरेको देखिएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ परेकाहरूलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएकाे छ। नेपालमा क्रिप्टाे करेन्सीको कारोबार गर्ने गराउने कार्य कानुन बिपरित भएकोले यस्तो कार्य नगर्न, नगराउन हुन महाशाखाले सबैमा अनुराेधसमेत गरेकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.