|

पर्वत : आहा–रारा गोल्डकपमा आज विभागीय टोली एपिएफ क्लब र अमेरिकाको बिवाइएससी क्लब, अमेरिका भिड्दै छन्। खेल शनिबार दिउँसो साढे २ बजे पोखरा रंगशालामा प्रतिस्पर्धा हुनेछ।

सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ का अनुसार आजको विजेताले माघ १२ गते क्वार्टर फाइनलमा भिड्ने छ।

कोभिड १९ संक्रमणका कारण २० औँ संस्करणका हालसम्मका खेल दर्शकको उपस्थितिबिना नै भइरहेका छन्। अन्तिम चरणका क्वार्टर फाइनल र फाइनलका खेलमा सरकारले तोकेको मापदण्डअनुसार राख्न सकिने अवस्थामा आएमा के गर्ने भन्ने बारेमा आयोजक सहारा क्लबले बैठक बसेर प्रशासनको सल्लाह बमोजिम गर्न सकिने आयोजकको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.