|

काठमाडौं : देशभर कोरोना संक्रमित बढेसँगै काठमाडौं उपत्यकामा पनि सक्रिय संक्रमितको संख्या ह्‍वात्तै बढेको छ। पछिल्लो तथ्यांकअनुसार उपत्यकामा मात्रै कोभिड-१९ का ४७ हजार २४ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल काठमाडौंमा ३४ हजार १ सय ५९ जना, ललितपुरमा ८ हजार २ सय २० र भक्तपुरमा ४ हजार ६ सय ४५ जना सक्रिय संक्रमित रहेका छन्। 

यस्तै, शनिबार काठमाडौं उपत्यकामा ५ हजार ३ सय ६ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा ३ हजार ७ सय ६२ जना, ललितपुरमा १ हजार १ सय १० जना र भक्तपुरमा ४ सय ३४ जना गरी ५ हजार ३ सय ६ जना संक्रमित भेटिएका हुन्।

कोरोनाको तेस्रो लहर सुरु भएसँगै काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्दै आएको छ।  शनिबार मात्रै देशभर १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.