व्यक्ति हत्याको राजनीतिलाई सही मानिदैन

|

काठमाडौं : पाँचदलीय सत्ता गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएकाे छ। 

पाँचदलीय गठबन्धनको सरकारमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकी यादवले सार्वजनिक कार्यक्रममै सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएकी थिइन्। 

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन। सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही होइन। मन्त्री यादवको त्यसप्रकारको अभिव्यक्तिको विरोध र भर्त्सना गर्दछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.