|

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-३ हैबुङमा ढुंगाले थिचेर एकजनाको ज्यान गएको छ।

सडक बनाउने क्रममा माथिबाट आएको ढुंगाले थिचेर स्काभेटर चालक बर्दिया घर भएका अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए।

दिउँसो करिब ३ बजे भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.