|

दाङ : मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ का करिब २५ वर्षीय अरुण देवकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ का रामप्रसाद सापकोटा घाइते भएका छन्। आइतबार बेलुकी लमहीदेखि गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। त्यस्तै घाइते सापकोटाको सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.