|

दाङ : तुलसीपुरको बसपार्कमा आइतबार मध्यान्ह  १२ बजे हातमा मास्क र ब्यानर बोकेर, स्वास्थ्यकर्मी,  प्रहरी, जनप्रतिनिधि, लगायत विभिन्न संघ संस्थाको टोली जम्मा भएको थियो।

यसरी जम्मा हुनुको मुख्य कारण तुलसीपुरमा पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि सचेतना गराउँदै स्वास्थ्य मापदण्ड पालना गर्नु हो।

तर, यो कार्य आज मात्र नभई पहिलो, दोस्रो र तेस्रो लहरमा पनि हुँदै आएको छ। तुलसीपुरको बसपार्कबाट टोलीले विपी चोक, वीरेन्द्र चोक हुँदै तुलसीपुर उपमहानगरको गेटसम्म अभियान चलाएको थियो।

तर, जति पनि अभियान चलाएको भएयता पनि नागरिकहरू बजारमा स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन्थ्यो। सयौँको सङ्ख्यामा  अभियानमा  बजारमा हिँडडुल गर्ने नागरिकहरूलाई माक्स दिँदै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै टोली हिँडे पनि तर, एक छिनपछि नागरिकहरू माक्स खोजीमा राखेर हिँडी हाल्थे।

तर, केही व्यक्तिहरूले भने टोलीलाई देख्नेबित्तिकै खोजीबाट मास्क झिक्ने र टोली अगाडि गएपछि फेरि खोजीमा राखेर  हिँडिहाल्थे। त्यस्तै बजारमा आम नागरिक देखि शिक्षित व्यक्तिहरूले पनि खासै मापदण्ड पालना गरेको देखिएन।  

तुलसीपुरमा जिल्लामा सबैभन्दा बढी संक्रमित भएको आम नागरिकहरूलाई थाहा छ। तर, पनि ती नागरिकहरूले पनि स्वास्थ्य मापदण्ड पालना भन्ने गर्दछन्।

तुलसीपुर ५ का उपेन्द्र शर्मा आइतबार तुलसीपुरको बसपार्कमा आयोजना गरिएको कोरोना भाइरस परीक्षणमा आएका थिए। तुलसीपुरमा पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि उनले पनि शंका लगाएर कोरोना जाँच गर्न आएको बताए। 

उनले पछिल्लो समय जिल्लामा सबै भन्दा बढि तुलसीपुरमा कोरोना सङ्क्रमितहरू पछि त्यसबाट सुरक्षित हुनको लागि परीक्षण गराउन आएको बताए।

उनले भने, ‘अहिले तुलसीपुरमा कोरोना संक्रमण बढि रहेको छ। तर, यहाँ स्वास्थ्य मापदण्ड पालना भएको पनि देखिँदैन। मेला जस्तो भिडभाड हुन्छ। यसलाई रोक्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।’

त्यस्तै उनले सचेतना मूलक कार्यक्रम भनेर एक दुई जनालाई मास्क वितरण गरेर मात्र नहुने भन्दै कडाइ गर्नु पर्ने सुझाव दिए।

जिल्लामै सबैभन्दा बढी तुलसीपुरमा कोरोना संक्रमित बढेपछि यहाँ स्थानीय प्रशासन, स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाहरूले सचेतना अभियान गर्दै आएका छन्।

तुलसीपुरमा पछिल्लो समयमा ३ पटक तपाईँको मास्क खोई? कार्यक्रम गरिएको छ। तर, अझै पनि नागरिकहरू बजारमा विना मास्क हिँडडुल गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.