|

काठमाडौं : आफूले रौतहटको गौरमा बोलेको अभिव्‍यक्तिप्रति सर्वत्र आलोचना बढ्दै गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले  आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित गरेर हिंसा मच्चाउने नभएको प्रष्ट पारेकी छन्। उनले सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्तिलाई सामान्य रूपमा लिइदिन अनुरोधसमेत गरेकी छन्।

प्रत्येक वर्ष माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाइँदै आएको हुनाले सोही क्रममा आफूले रौतहटको गौरमा सभा गरेको उनले बताएकी छन्।

यादवको वक्तव्यमा भनिएको छ, ‘त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन दिएको अभिव्यक्तिलाई पछिल्लो समय पूर्वाग्रहणपूर्ण ढंगले आ(आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

​गौरमा माघ ५ गते आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको नामै लिएर गौर हत्याकाण्ड दोहोरिन सक्ने चेतावनीसमेत दिएकी थिइन्। ०६३ चैतमा गौरमा माओवादीका २७ कार्यकर्ताको बर्बरतापूर्वक हत्या गरिएको थियो।

यादवको उक्त अभिव्यक्तिपछि उनलाई मन्त्री पदबाट हटाउनेपर्ने भन्दै चौतर्फी दबाब बढेको छ। उनको जनता समाजवादी पार्टी (जसपा) ले भने उल्टै सिके राउतका कार्यकर्तालाई नियन्त्रणमा लिइयोस् भन्दै विज्ञप्ति निकालिको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.