|

काभ्रे :बेथानचोक गाउँपालिका–३ स्थित जिल्लाकै सबैभन्दा अग्लो नारायणस्थान र आसपासको क्षेत्र यतिबेला हिउँले ढाकिएको छ। काभ्रेलगायत काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट कोरोना भाइरस र चिसाको प्रवाह नगरी अन्तरिक पर्यटकहरु हिउँ खेल्न आइपुग्ने गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोरोनाबाट सुरक्षित रहन पार्क, मेला जस्ता सार्वजनिक स्थलमा भिडभाड नगर्न आदेश जारी गरिएको छ। यद्दपि, नारायणस्थानमा यतिबेला हिउँ खेल्न आउने पर्यटकहरूको भिडमा कमी देखिएका छैनन्।

पछिल्लो समय विद्यालयलगायत संघ-संस्था बन्द हुँदा उनीहरुको विदा मनाउने ठाउँ बन्द थालेको छ भने भिड घट्नुको साटो बढिरहेका छन्। यस क्षेत्रमा पर्यटक कति गए वा फर्किए भन्ने विवरण स्थानीय सरकार वा अन्य कुनै निकायले राखेको छैन।

कतिपय पर्यटक नारायणस्थानको घुमघामसँगै त्यस क्षेत्रबाट बिहानी र साँझ पाखा महाभारतको पहाडी तथा हिमाली शृंखला र तराईको मनमोहक दृश्य हेर्नको लागि रातमा पाल टाँगेर बस्नेसँगै गाडी लिएर घुम्न आउनेहरू पनि उत्तिकै भेटिन्छन्। नारायणस्थान डाँडामा महादेवको मन्दिर रहेकाले विशेष अवसरमा मेलासमेत लाग्ने गर्दछ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.