|

१९ औँ सताब्दीको अन्त्यतिर वैज्ञानिकहरू फोटोलाई गति दिन सफल भए। वर्षौँदेखि स्थिर रहेका चित्र चल्न थाले। बिस्तारै फिल्म बनाउने र हेर्ने संस्कार विश्वभर फैलँदै गयो। 

२० औँ सताब्दीको सुरुदेखि नै फिल्म बन्दै आए पनि व्यवसायिक रुपमा फिल्म क्षेत्रले ठूलो कोल्टे भने दोस्रो विश्वयुद्धपछि फेर्यो। सुरुवाती चरणमा मनोरञ्जन र कलाको रुपमा मात्रै हेरिने फिल्म क्षेत्र अहिले व्यवसायकै रुपमा फैलिएको छ। फिल्म क्षेत्रमै काम गरेर धेरै जना बिलिनियरको लिस्टमा पर्न सफल भएका छन्। 

यहाँ विश्वका सबैभन्दा धनी पाँच निर्देशकको बारेमा जानकारी दिइएको छ। 

५. पिटर ज्याक्सन


न्युजिल्याण्डका पिटर ज्याक्सन विश्वका सबैभन्दा धनी निर्देशक मध्येमा पर्छन्। ५ सय मिलियन डलर बराबरको सम्पत्तिका मालिक पिटर लेखक र निर्माता पनि हुन्। 

सन १९७६ देखि नै फिल्म क्षेत्रमा सक्रिय पिटरको 'लर्ड अफ द रिङ' सर्वाधिक सफल फिल्म सिरिज हो। जसबाट उनले १ सय ८० मिलियन डलरभन्दा बढी कमाइ गरेका थिए।

'लर्ड अफ द रिङ' बाहेक 'किङ कङ' र 'द लभली बोन्स' उनका चर्चित फिल्म हुन्।

४. टाइलर पेरी 


६ सय मिलियन डलरका मालिक टाइलर पेरी निर्देशकसँगै एउटा अभिनेता, लेखक र निर्माता पनि हुन्। पेरी फिल्ममा मात्र नभएर टेलिभिजन र नाटकघरमा पनि सक्रिय छन्। 

आफूले निर्देशन गर्ने सबै अधिकांश फिल्ममा आफैले लेखन तथा निर्माण पनि गर्ने भएकाले फिल्म सफल हुँदा उनको भागमा पनि मोटै रकम पर्ने गर्छ। 

उनको हरेक वर्षको औषत कमाइ सय मिलियन डलर रहेको छ। 'अ फल फ्रम ग्रेस', 'नोबडीज फुल', 'अ सिंगल मम्स क्लब', 'गुड डिड्स' उनका केही चर्चित फिल्म हुन्। 

३. जेम्स क्यामरुन


क्यानेडियन नागरिक जेम्स क्यामरुन सिनेमा इतिहासकै सर्वाधिक सफल निर्देशकमा पनि गनिन्छन्। उनका सबैभन्दा मन पराइएका फिल्म 'टाइटनिक' र 'अवतार' हुन्। जसको लेखन पनि उनले नै गरेका थिए।

'टाइटनिक' २ बिलियन डलर माथिको कमाइ गर्ने इतिहासकै पहिलो फिल्म हो। जुन सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा तेस्राे नम्बरमा छ। त्यस्तै क्यामरुनको 'अवतार' अहिलेसम्मकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म हो। 

७ सय मिलियन डलरका मालिक क्यामरुन सय मिलियन डलर बजेट भएको फिल्म निर्देशन गर्ने पहिलो निर्देशक पनि हुन्। 

२. स्टिभन स्पिलवर्ग

तीन पटकका ओस्कार अवार्ड विजेता स्टिभर स्पिलवर्ग ३.७ बिलियन डलरका मालिक हुन्। उनले निर्देशन गरेको अम्बलिन नामक सर्ट फिल्म मन पराएर युनिभर्सल टेलिभिजन डिभिजनबाट स्पिलवर्गलाई अफर आएको थियो।

स्पिलवर्ग युनिभर्सल स्टुडियोमा लामो समयका लागि अनुबन्धित हुने सबैभन्दा कान्छा निर्देशक पनि हुन्। सन १९७१ मा डुअलबाट डेब्यु गरेका उनका जअ, जुरासिक पार्क, सिन्डलर्स लिस्ट, लिंकन, द टर्मिनल, क्याच मि इफ यु क्यान लगायतका फिल्म चर्चित मध्येमा पर्छन्। 

१. जर्ज लुकास

विश्वका सबैभन्दा धनी निर्देशक जर्ज लुकास ५.४ बिलियन डलरका मालिक हुन्। लुकासले आफ्नो पचास वर्ष लामो फिल्मी करिअरमा जम्मा ६ वटा फिल्म निर्देशन गरेका छन्। जसमा ४ वटा स्टार वार फ्रेन्चाइजका फिल्म रहेका छन्। 

सन् २०१२ मा आफ्नो कम्पनी लुकास फिल्म्स् बेचेपछि उनी बिलिनियर निर्देशकमा गनिन थालेका थिए। उनले आफ्नो कम्पनी ४ बिलियन डलरमा डिज्नीलाई बेचेका थिए। 

निर्देशक बाहेक लेखक र निर्माता समेत रहेका लुकास विश्वका सबैभन्दा धनी निर्देशक हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.