|

काठमाडाैं : साताकाे दाेस्राे दिन साेमबार सेयर बजार आज करिब एक सय अंकले ओरालाे लागेकाे छ। बजार आज ९९.८६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक दुई हजार ८२०.६५ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले घटेर ५२६.०३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर पौने ९ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज विकास बैंक समूह सर्वाधिक ४.५ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ४.४५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.८८ प्रतिशत, वित्त समूहमा ४.३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.३४ प्रतिशत, लगानी समूहमा ३.४१ प्रतिशत, जीवन बीमा समूहमा ३.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.२३ प्रतिशतले ओरालाे लागेकाे छ।

यस्तै लघुवित्त समूहमा ३.२८ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.१९ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.७८ प्रतिशत, अन्य समूहमा ३.७६ प्रतिशत र व्यापार समूहमा ३.६८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँमा किनबेच भएका छन्। आज अपी पावरको सर्वाधिक ३८ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

एनआईसी एसिया बैंकको ३६ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अरुण भ्याली हाइड्रोको ३० करोड ४९ लाख रुपैयाँ, अप्पर तामाकोशीको २० करोड २६ लाख रुपैयाँ, नेपाल टेलिकमको १९ करोड ४२ लाख रुपैयाँ, एचआइडिसीएलको १८ करोड ७७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १८ करोड ५३ लाख रुपैयाँ, अरुण काबेली पावरको १८ करोड १९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ५ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको १६ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज दुई कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो।

कर्णाली डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका सेयरधनीहरूले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्उ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.