|

काठमाडौं :  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मंगलबारबाट पुनः खोप अभियान सञ्चालनमा हुने भएको छ। 

अस्पतालका ५० जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण भएपछि अस्पतालले खोप अभियान स्थगित गरेको थियो।

अस्पतालले आज विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमितका साथै कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक रूपमा बढिरहँदा खोप लगाउनेहरूको अस्पतालमा भीड लागेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.