|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत  कृषि उद्यम तथा अनुसन्धान केन्द्रले एक सय किसान अभियान यात्रा सुरु गरेको छ।  मोरङ, धनकुटा,  भोजपुरलगायतका जिल्लामा १०० किसान अभियान यात्रा सुरु भएको छ। 

यात्रा उत्साहजनक भएको केन्द्रले जनाएको छ। केन्द्रलगायत जिल्लाका अन्य समितिले पनि नेपालको कृषिमा लगानी गर्नु र प्रविधि भित्र्याउनाले नेपालमा कृषिप्रतिको आकर्षणलाई केन्द्रित गरेको केन्द्रका सभापति अरुणराज सुमार्गीले जानकारी दिए। 

लागत कम गर्ने र सजिलो छिटो काम हुने प्रविधि र ती प्रविधिलाई किसान मैत्री बनाउने प्राविधिकलाई किसानका खेत खेतसम्म नपुर्‍याएसम्म नेपाल कृषि क्षेत्रमा सफल हुन असम्भव रहेको उनको भनाइ छ। 

‘प्रविधि, प्राविधिक, पुँजी र बजार’ को पहुँच किसानसम्म पुर्‍याउने हेतुले सुरु भएको १ सय किसान अभियानले नेपालको समग्र किसानको मुहार फेर्ने र राज्यको ढोका ढकढक्काएर भएको अनियमिततालाई सही बाटोमा ल्याउने आशा छ।’ सुमार्गीले भने । 

महासंघ अन्तर्गतको महत्वपूर्ण निकाय यो कृषि उद्यम केन्द्रले हालै यसको नाम  परिवर्तन गरेर कृषि उद्यम तथा अनुसन्धान केन्द्र (एइआरसी) बनाइएको छ। 

बदलिँदो परिवेशमा समयानुकूल काम गर्न अनुुसन्धान केन्द्र बनाइएको सभापति सुमार्गीले जानकारी दिए। 

विगतमा भएका राम्रा नराम्रा जेजस्ता कार्य भए पनि कृषिको व्यावसायीकरणको अवधारणालाई देशव्यापी बनाउने कृषि उद्यम केन्द्रले भूमिका खेलेको उनको भनाइ छ। 

‘कृषि उद्यम केन्द्रलाई अनुसन्धान केन्द्रको रूपमा नाम मात्र परिवर्तन गरिएको छैन, हाम्रो नेतृत्वले थप नतिजामुखी कार्य पनि अगाडि बढाएको छ। कृषि उद्यम केन्द्रलाई अनुसन्धान केन्द्रको रूपमा कार्य गर्ने भएकाले यसको नाममै अनुसन्धान पनि जोडेका हौं।’ सुमार्गी भन्छन्, ‘केन्द्रले ‘एक गाउँ एक उत्पादन’को सफल अवधारणालाई सरकारसँगको सहयकार्यमा देशव्यापी बनाउने लगायतका कार्यक्रम गरेको छ।’

देशभर उत्पादनमा संलग्न र बजार नपाएका किसान तथा उत्पादकलाई सहयोगी होस् भनेर एइसी एफएनसीसीआई मोबाइल एप्लिकेसन बनाएका उनको भनाइ छ। 

सय किसान अभियानअन्तर्गत देशभर जाँदा धेरै नै नमूना काम भइरहेको पाएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.