|

न देवा दण्डमादाय रक्षन्ति पशुपालवत।
यं तु रक्षितमिच्छन्ति बुद्धया संविभजन्ति तम्।।

देवताले मनुष्यको रक्षाका लागि आफैं दण्ड लिएर बसेका हुँदैनन्। मनुष्य स्वयं आफ्नो रक्षा गर्न सकोस्। त्यसैले उनले विवेक र बुद्धि दिएर सिर्जना गरेका छन्।

सृष्टिका सबै सिर्जना अस्तित्वकै हो। तर‚ अरु सिर्जना र मानवबीच भिन्नता यही छ कि मानिस निरन्तर विकासको माध्यमबाट उन्नति पथमा लम्केको छ।

हुनतः यो संसारका कुनै पनि प्राणीले धन आर्जन र संग्रह गर्दैनन् तर पनि जीवन धानेकै हुन्छन्। मानिस यति धेरै धन आर्जन गर्छ, संग्रह गर्छ तर पनि तृप्त हुँदैन, भएको छैन। सायद यही अतृप्ति र तीव्र गतिमा बढ्दै गएको निरन्तर विकासको प्रक्रियाले नै भौतिक विकासको मापन र प्रतिष्पर्धा बढिरहेको छ।

विकास भनेकै निरन्तर अघि बढ्ने प्रक्रिया भएकाले शिक्षा, विज्ञान, आविष्कार र प्रविधिको चरम उत्पादन र उपभोग भौतिक विकास हो भनेर बुझिएको छ। त्यसैले त मानिस यसकै पछि लागिरहेका छन्। लाग्ने छन्। यसकै परिणाम स्वरुप जीवनको अर्थ जीवन पाउनुको महत्त्वमा नभएर मूल्यमा गणना हुन थालेको छ।

सानैदेखि नै हाम्रो शिक्षा महत्त्वको होइन मूल्यमा हुन्छ। स्व–अस्तित्वमा होइन नाफा र प्रगतिको आधारमा हुन्छ। यही स्वभावको वृद्धि हुँदै जाँदा आज आफ्नो साथमा के छ त्यसको महत्त्व बुझ्दैन। इच्छा कतातिर आकर्षित छ‚ त्यो प्राप्त गर्न लालयित बनेको हुन्छ।

इच्छा लागेको चिज प्राप्त गर्न पुरूषार्थ गर्नु र त्यो इच्छा आफ्नो जीवनका लागि योग्य छ भने प्राप्त गर्नु स्वाभाविक मानिन्छ। तर, इच्छा स्व–केन्द्रित हुँदैन, पर–केन्द्रित हुन्छ। इच्छाले अरूको जस्तो पाउन मात्र खोज्दछ। यही प्रतिष्पर्धाले लोभ, मोह र क्रोध सँगसँगै आर्जन हुन थाल्दछन्। मनको जाल र मनको चाल बुझ्न नसक्ने गरी जीवन जिउन छोडेर सुखी जीवनको खोजीमा छ मानिस।

मनले सधैं कि विगतमा कि त भविष्यमा लगेर अल्झाइरहेको हुन्छ। यसबाट नै मोह बढ्दै जान्छ। वर्तमानको खुसी र आनन्दको अनुभूति गर्नबाट रोकिदिन्छ।

मनको ब्ल्याक होल

जहाँ सूर्यको प्रकाश पुग्न सक्दैन, जहाँ साहित्यकारको कविता पुग्न सक्दैन, जहाँ हावा पुग्न सक्दैन त्यहाँसम्म मन सजिलै पुग्छ। एकपटक एक व्यक्तिले एउटा ब्ल्याक होल नामक वस्तु भेट्टायो। उसले हात हाल्नासाथ त्यहाँबाट सबै चिज प्राप्त हुन थाले। कुनै चाबी पनि नचाहिने, त्यो चिज लगेर नजिक राखिदियो र हात हालेर निकाल्यो।

यस्तै क्रममा उसले पसलमा बेच्न राखेका सामानदेखि लिएर सबै चिज आफ्नो हात पार्‍यो। झन् जे चिज छ त्यो पाइने। यो क्रम रोकिएन। अब उसलाई सबै सबै चिज पाउने तृष्णा बढ्न थाल्यो।

कोही नभएको मौका पारेर रातको समयमा एउटा बैंकभित्र पस्यो। ब्ल्याक होललाई छेउमा राख्यो र हात छिराएर सेफबाट धमाधम पैसाको बिटो निकाल्न थाल्यो। जति भित्र हात लैजान्थ्यो त्यति धेरै पैसाको बिटो आउँथ्यो। अब उसले त्यो चिजको सहारा लिएको नै बिर्स्यो र आफैं सेफभित्रै छिर्‍यो।

नारायण गोपालले गाउनुभएको गीत– तिमीसँग लिनु पनि छ, तिमीलाई दिनु पनि छ। हाम्रो हिसाबकिताबमा सँच्याउनु पनि छ। यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ। जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ। जसको मर्म हुन्छ– प्रेम र सम्बन्धमा धेरै अंकगणितले पनि काम गर्दैन। व्यापारमा हुने हिसाब जस्तो जीवन र प्रेममा हुँदैन।

जब ऊ भित्र छिर्‍यो‚ ब्ल्याक होल हातबाट फुस्क्यो। ऊ सेफभित्रै अड्कियो। ऊसँग चाबी पनि थिएन, बाहिर आउने सम्भावना नै रहेन। अरु बढी पाउने लोभले आखिरमा सेफ खोलेर पैसा निकाल्ने क्रममा बैंकका कर्मचारीले उसलाई पक्डेर र थुनामा राखे। जब चिज आफ्नो हातबाट फुस्किन्छ अनि केही उपाय लाग्दैन।

यस्ता धेरै चिज छन् जुन आफ्नो हातमा भइन्जेल त्यसको महत्त्व हुँदैन। आफ्नो हातबाट फुस्केपछि त्यो चिज प्राप्त गर्न धेरै मूल्य चुकाउनुपर्ने हुन्छ। याद गरौँ आज हाम्रो साथमा, हाम्रो हातमा के के छन्‚ को को छन्? अहोभावपूर्ण आफ्नो सम्पदाको महत्त्वलाई चिनौं।

नारायण गोपालले गाउनुभएको गीत– तिमीसँग लिनु पनि छ, तिमीलाई दिनु पनि छ। हाम्रो हिसाबकिताबमा सँच्याउनु पनि छ। यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ। जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ। जसको मर्म हुन्छ– प्रेम र सम्बन्धमा धेरै अंकगणितले पनि काम गर्दैन। व्यापारमा हुने हिसाब जस्तो जीवन र प्रेममा हुँदैन।

बेहिसाब, बेसर्त केवल जीवन र यसको महत्त्वलाई बोध गर्न सकेमात्र वर्तमानमा जिउन सहज हुन्छ। वर्तमानमा नै छ सुख, आनन्द र शान्ति। यसको महत्त्व जब मूल्यमा गणना हुन थाल्दछ तब अस्तित्वगत रुपमा आफ्नो पनि आफ्नो साथबाट छुटछन्।

हाम्रो जीवनशैली, हाम्रो खानपान र विचार नै हाम्रो भोजन हुन् र औषधि पनि। जुन दिन यी अमूल्य चिज हाम्रो हातबाट छुट्छन् तब भोजनको रुपमा औषधिनै ग्रहण गर्नुपर्ने अवस्था आउँछ।

जन्मदेखि मृत्युसम्म

सबैलाई थाहा छ जब हामी जन्मिन्छौँ तब सबैको प्रेम पाउँछौं। जब मृत्यू हुन्छ त्यसपछि पनि सबैले ओहो बितेर गएछन् भन्दै सबैले प्रेम गर्छन्। फूलमाला बोकेर आउँछन्। जन्मदेखि मृत्युसम्मको अवधिमा कसरी प्रेम पाउने त्यो आफूले व्यवस्थापन गर्नुपर्ने हुन्छ।

स्वार्थपूर्ण प्रेमका लागि अनेक मूल्य चुकाउनुपर्ने हुन सक्छ। तर‚ बेसर्त प्रेमका लागि निस्वार्थ सेवा, सम्बन्ध र सम्यक जीवनशैली बाँच्ने कला आवश्यक पर्दछ। एउटा चित्र राम्रो बनाउन जति रङ र ढंगको मिहिनेत जरुरी हुन्छ‚ त्यसै गरी चरित्र राम्रो बनाउन संयम, करुणा, इमान्दारी र समर्पण आवश्यक हुन्छ।

सयौं कारण घाटा र व्यर्थ सम्झिएका सम्बन्धमा एउटा कारण बाँकी रहेको हुन सक्छ। जसको ऊर्जाले पूरै जीवनलाई उत्साह र उमंगमा बाँच्न मद्दत गर्दछ। मानव परिचय पाउनु र मानवियताको परिचय निभाउन जान्नुमा धेरै फरक छ।

यो प्रकृतिले विनामूल्य उपलब्ध गराएका सम्पदा र यिनको उपभोग, खानपान, आराम र विश्रामको कला, सोचाइ र गराइ, मित्रजन र खुलस्त आफ्नो भावना व्यक्त गर्न सकिने आफन्त कुनै बैंक ब्यालेन्सभन्दा कमी नभएका र अतुलनीय सम्पत्ति हुन्।

हजुरआमाले भन्नुहुन्थ्यो- घर कत्रो र कस्तो छ होइन‚ घरमा खुसी छ कि छैन महत्त्वपूर्ण छ। ओछ्यान महँगो भएर के गर्नु निद्रा छैन भने। चौरासी व्यञ्जन भोजन भएर के गर्नु भोक छैन भने। आफन्त र नातेदार भएर के गर्नु एक्लोपनमा साथ र सहयोग पाइँदैन भने।

जीवन सन्तुलनमा चल्नुपर्छ, व्यवहार सही हुनुपर्छ भन्ने बुढापाकाको सन्देश र अनुभूतिले धेरै अर्थ दिन्छ। व्यवहार सही हुनुको अर्थ शारीरिक, सामाजिक र आध्यात्मिकरूपले स्वस्थ हुनुपर्छ भन्न खोजिएको छ।

सन्तोषम् परमम् सुखम्

जीवनका महत्त्वपूर्ण सत्यमध्ये एक यो हो कि आफूले स्वयं नचाहेमा अरु कसैले पनि कसैलाई बिगार्न या सुधार्न र सुखी या दु:खी बनाउन सक्दैन। हाम्रो भित्री सत्तासम्म पुग्ने साँचो केवल हामीसँग मात्र छ, अन्य कसैसँग छैन।

सम्पूर्ण जगतमा सचेतन रुपमा चाहेमा केवल एक व्यक्तिलाई खुसी पार्न सक्छौं र त्यो हामी आफैं हौँ। अरुमा समस्या देख्ने र अरुले दिए पाइन्छ भन्ने बानीले हाम्रो दृष्टि समस्याको केन्द्रविन्दुबाट धेरै पर हट्छ। यदि समस्या कतै छ भने त्यो आफैंभित्र नै छ, र सारा जगत आफ्नो मनको प्रतिबिम्ब मात्र हो।

हामीभित्रको स्व–सत्ता निपट निजी र व्यक्तिगत अस्तित्व हो। यसकारण, अरुलाई सुधार्न या बिगार्न खोज्नु एक असफल प्रयास मात्र हो। दुःख या सुख अरूबाट प्राप्त हुन्छ या भयो भन्नु पनि भ्रम हो।

सम्पूर्ण जगतमा सचेतन रुपमा चाहेमा केवल एक व्यक्तिलाई खुसी पार्न सक्छौं र त्यो हामी आफैं हौँ। अरुमा समस्या देख्ने र अरुले दिए पाइन्छ भन्ने बानीले हाम्रो दृष्टि समस्याको केन्द्रविन्दुबाट धेरै पर हट्छ। यदि समस्या कतै छ भने त्यो आफैंभित्र नै छ, र सारा जगत आफ्नो मनको प्रतिबिम्ब मात्र हो।

भगवान बुद्ध यसलाई यथा दृष्टि तथा सृष्टि भन्नुहुन्छ।  जीवनलाई अभिनय र अभिनय अर्थात् जीवनमा आफ्नो भूमिकालाई सही तरिकाले निभाउनु पर्छ। तर, सिनेमा हलमा सिनेमा हेर्दा हामीलाई लाग्छ कि सिनेमाको सारा कहानी पर्दामा लुकेको छ। तर‚ सम्पूर्ण कहानी पर्दामा नभएर प्रोजेक्टरमा लुकेको हुन्छ। र‚ त्यो प्रोजेक्टर हर कोही व्यक्तिभित्र नै हुन्छ।

समाजमा अरुसँग, अरुले गरेको नराम्रो कर्म भोग्नै पर्छ भन्ने जरुरी छैन। हामी त्यसलाई असल कर्ममा परिणत गरेर हिलोमाथिको कमल बन्न सक्छौं। हाम्रा हरेक कर्मलाई प्रेम पूर्ण र उत्सवमय बनाउन सक्दछौं। कहीं कतै लेखिएको थियो– यदि तिमी एक घण्टा आनन्दपूर्वक जिउन चाहन्छौ भने एक निद्रा सुत। यदि तिमी एक दिन भर आनन्दपूर्वक जिउन चाहन्छौ भने साथीभाइसँग वनभोज जाऊ।

यदि तिमी एक हप्ता आनन्द पूर्वक जिउन चाहन्छौ भने छुट्टी परेको बेला कतै परिवारसँग घुम्न जाऊ। यदी तिमी वर्षभरि आनन्दपूर्वक जिउन चाहन्छौ भने धन जम्मा गर। तर‚ यदि तिमी जीवन भर आनन्दपूर्वक जिउन चाहन्छौ भने आफ्नो कर्म जे गरिरहेका छौ जीवनयापनका लागि त्यसलाई प्रेमपूर्वक गर। आफ्नो कर्मको सम्मान गर, त्यसमा सन्तुष्टि लिने बानी गर। ‘सन्तोषम् परम् सुखम्’को अर्थ पनि यही हो, मूल्य होइन महत्त्वमा केन्द्रित होऊ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.