|

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचकमा आज सामान्य अंकले गिरावट आएको छ।

सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक आज ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको छ। मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

सोमबार करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक गिरावट आएको छ। जसमा जीवन बीमा उपसमूहको परिसूचक मात्रै ०.४४ प्रतिशत बढेको छ।

यसबाहेक अन्य सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ। त्यस्तै पोखरा फाइनान्स, कालिका लघुवित्त र सामलिङ पावर कम्पनीको शेयरमूल्य पनि बढेको छ। तर कृषि विकास बैंकको ऋणपत्र, गोर्खाज फाइनान्सको शेयरमूल्य घटेको छ।

कारोबार रकमका आधारमा २७ करोड बराबरको शेयर कारोबार गरेर एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। त्यस्तै अपी पावर कम्पनको पनि करिब २३ करोड बराबरको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.