|
फाइल फोटो

काभ्रे : महाभारत गाउँपालिकामा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। महाभारत-२ का कुपिन्टारका रामबहादुर गोलेले बन्दुक पड्काउँदा गोलीले लागेर मंगलबार घट्नास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बन्दुक पड्किएर गोलेको मृत्यु भएको जानकारी आएको बताए। प्रहरीको टोली घटना स्थलतर्फ गएकाले यथार्थ विवरण आउन बाँकी रहेको उनको भनाइ छ।

 ‘बन्दुक पड्केर गोलेको मृत्यु भएको पुष्टि भए पनि कसरी घटना घट्यो भन्नेबारे यकिन विवरण आउन बाँकी छ‚’ डिएसपी खतिवडाले भने‚ ‘जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलतर्फ खटाइसकेको र साँझसम्म वास्तविकता आउँछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.