|

काठमाडौं : साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ।

मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक घटेको छ।

बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको छ। आज नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेको कारोबारमा आएका १३ वटै उपसमूहको सूचक राताम्मे भएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ भने यसबाहेक अन्य सबै उपसमूहको परिसूचकमा २ प्रतिशतभन्दा कमले गिरावट आएको छ।

नेप्से परिसूचक गिरावट आए पनि बुधबार विन लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य भने  सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। यता सिइडिभि हाइड्रोपावर र सानिमा जनरल इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्युत र कालिका माइक्रोफाइनान्सको शेयर मूल्य बढेको छ। तर पोखरा फाइनान्सको सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको छ। सेन्ट्रल फाइनान्स, मानुषि लघुवित्त, समृद्धि फाइनान्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य घटेको छ।

आज कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै १६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख र अपर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.