|

काठमाडौं : साताको चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७ सय ७६.६१ विन्दुमा झरेको छ।

यो साताको सुरुवातदेखि नै नेप्सेले ओरालो यात्रा तय गरिरहेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ को विन्दुमा ओर्लेको छ।

कारोबार रकम सवा ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ।

लगानी समूह २.१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२४ प्रतिशत, व्यापार समूहमा १ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५१ प्रतिशत, विकास बैंक समूहमा १.७ प्रतिशत, जलविद्युत समूहमा १.५८ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूहमा १.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७५ प्रतिशत, अन्य समूहमा १.१४ प्रतिशत, लघुवित्त समूहमा १.१७ प्रतिशत, जीवन बीमा समूहमा १.८२ प्रतिशत र म्युचुअल फन्ड समूहमा १.१४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा किनबेच भएका छन्। आज अपी पावरको सर्वाधिक १६ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ।

अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको आज अप्पर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँ, एचआइडिसिएलको ९ करोड ८६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४० लाख रुपैयाँ, एनआइसी एसिया बैंकको ९ करोड ३९ लाख रुपैयाँकाे काराेबार भएकाे छ।

नेसनल हाइड्रोपावरको ९ करोड २५ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड १० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ५३ लाख रुपैयाँ र नेसनल लाइफको ७ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

बुधबार २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्त र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। आज पोखरा फाइनान्सका सेयरधनीहरूले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्य झन्डै ६ प्रतिशतले ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.