|

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक प्रहरी मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरको कोठामा बुधबार मृत भेटिएको जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पिएसओ अर्थात निजी सुरक्षाकर्मी रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन बिष्टले जानकारी दिए।

उनकाअनुसार जोशी सन्चो नभएर आइतबारदेखि घरमै आराम गरिरहेका थिए।

अस्वस्थताकै कारण जोशी पत्नी र छोरासँग आफन्तको विवाहमा टीकापुर नगएर घरमै आराम गरिरहेको परिवारबाट जानकारी आएको प्रहरीले जनाएको छ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.