|

खोटाङ : नेपालका चार ठूला पार्टीका खोटाङ जिल्ला प्रमुख एउटै पालिकाका भएका छन। 

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीका जिल्ला प्रमुख नेता एकै पालिकाका भएका हुन्। यी चार ठूला पार्टीका जिल्ला प्रमुखहरु दिप्रुङ चुईचुम्मा गाउँपालिकाका रहेका छन्। 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत जिल्ला अधिवेशनबाट विष्णुकुमार राई केही महिना अगाडि जिल्ला सभापतिमा निर्वाचित भएका थिए। राईको घर दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु हो। यस्तै नेकपा एमालेको ७ औँ जिल्ला अधिवेशनबाट केही समय अगाडि रामप्रसाद दंगाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भए। दंगालको घर दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे हो। यस्तै जनता समाजवादी जसपाका जिल्ला अध्यक्ष टंक थापाको घर पनि सोहि गाउँपालिका–२ डाँडागाउँ हो।

यसअघि तीन ठूला पार्टीको जिल्ला प्रमुख एकै गाउँपालिकाका रहनु भएको थियो। गत मंगलबार नेकपा माओवादी प्रदेश १ समितिको विराटनगरमा बसेको दोस्रो बैठकले सोहि गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका दीपक पाण्डे (आकाश) लाई खोटाङ जिल्ला संयोजकको जिम्मेवारी दिएसँगै चार ठूला पार्टीको जिल्ला प्रमुख एकै पालिकाका भएका छन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.