|

काठमाडाैं : साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएकाे छ।

आज नेप्से परिसूचक १०५.५५ अंकले उकालो लागेर २ हजार ८ सय ८५ दशमलव ५३ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९ दशमलव ८१ अंकले बढेर ५ सय ३८ दशमलव ५३ को विन्दुमा पुगेको छ।

कारोबार रकम सवा ६ अर्ब रूपैयाँभन्दा बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज विकास बैंक समूह सर्वाधिक ६.६५ प्रतिशतले उकालो लागेको छ।

लगानी समूह ६.३६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.६० प्रतिशत, वित्त समूहमा ६.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.५८ प्रतिशत, जलविद्युत समूहमा ५.६३ प्रतिशतले वृद्धि भएकाे छ।

यस्तै जीवन बीमा समूहमा ३.४० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७२ प्रतिशत, लघुवित्त समूहमा ३.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.३६ प्रतिशत, अन्य समूहमा ३.८७ प्रतिशत र व्यापार समूहमा ४.९८ प्रतिशतले वृद्धि भएकाे छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २ सय ३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रूपैयाँमा किनबेच भएका छन्।

आज अपी पावरको सर्वाधिक २६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेपाल टेलिकमको २३ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआइिडिसएलको २३ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख रुपैयाँ, अपर तामाकोशीको १४ करोड ११ लाख रूपैयाँकाे काराेबार भएकाे छ।

यस्तै मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरको १३ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ४४ लाख रुपैयाँ, निफ्राको १२ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २८ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ।

विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो र निफ्राको सेयर मूल्यमा १० प्रतिशत तथा बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

आज मैलुङखोला जलविद्युतका सेयरधनीहरूले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ०.१७ प्रतिशतले ओरालो लागेको छ।

सत्तारुढ गठबन्धनले आगामी जेठभित्र स्थानीय तहकाे निर्वाचन गर्ने सहमति गरेपछि सेयर बजारमा हरियाली छाएकाे विष्लेशकहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.