जुम्ला : जुम्लामा यस वर्ष तेस्रो पटक हिमपात भएको छ। बिहीवार साँझदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ।
जुम्लाको बेसी क्षेत्रमा आधा फिट र लेकाली क्षेत्रमा करिब एक फिट हिउँ जमेको छ। हिमपातका कारण बिजुली र इन्टरनेट सेवा अवरुद्ध भएको छ। चिसोका कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए। बाक्लो हिउँ जमेका कारण यहाँका नागरिकलाई बस्तुभाउलाई दानापानी दिन पनि कठिनाइ भएको उनले बताए। हिउँ जमेकाले लामो तथा छोटो दूरीका सवारी साधन बन्द भएका छन्।
स्याउका विरुवा लगाउने र विरुवा काँटछाट गर्ने समयमा हिमपात भएकाले किसानहरू खुसी भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।