|

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक बर्ष पुरा भएको छ। भारतले अनुदानस्वरुप दिएको १० लाख डोज कोभिसिल्ड खोपबाट गत वर्ष माघ १४ गतेबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो।

एक वर्षको अवधिमा नेपालमा ४ करोड ५७ लाख आठ हजार ६४० डोज खोप आएको छ। ​

१ करोड २० लाख डोज खरीद 

हालसम्म नेपालमा आएको ४ करोड ५७ लाख आठ हजार ६४० डोज खोप मध्ये एक करोड २० लाख डोज खोप मात्रै सरकारले खरीद गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

बाँकी सबै खोप सरकारले, विभिन्न दातृ राष्ट्र/ निकायबाट अनुदान, कोभ्याक्स सुविधा, विश्व बैंकको ऋण सहुलियतमा प्राप्त गरेकाे हाे।

कुन खोप कहाँ खरिद गरियो?

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाका अनुसार सरकारले अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाद्वारा विकास गरिएको 'कोभिशिल्ड' पुणेस्थित सिरम इन्स्टिच्यूट अफ इन्डियाकाे उत्पादन २० लाख डोज कोभिसिल्ड खरिद गरेको हो।

यस्तै चीनले उत्पादन गरेको १ करोड डोज भेरोसेल खोप पनि खरिद गरेको हो। जसले गर्दा हालसम्म गरी कुल १ करोड २० लाख खोप नेपाल सरकारले खरिद गरेको देखिन्छ। अहिलेसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जनसन, एस्ट्राजेनेका, फाइजर बायोन्टेक र मोडर्ना खोप भित्रिएको छ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति व्यवस्थापन शाखाका अनुसार अहिलेसम्म दातृ निकाय र विभिन्न देशहरूले ११ लाख कोभिसिल्ड, ३८ लाख भेरोसेल, ५ लाख ६२ हजार ७२० डोज एस्ट्राजेनेका गरी कुल ५४ लाख ६२ हजार ७२० डोज अनुदानमा प्रदान गरेको छ।

यस्तै कोभ्याक्स सुविधामार्फत एसियाली विकास बैंक र विश्व बैंकले ५९ लाख ३६ हजार ४०० डोज भेरोसेल, ४० लाख आठ सय डोज मोडर्ना गरी कुल ९९ लाख ३७ हजार २०० डोज खोप प्राप्त भएको छ।

कोभ्याक्स मार्फत अनुदानमा ३७ लाख ११ हजार ५०० डोज जोनोन, ३७ लाख ९३ हजार ८४० डोज, एस्ट्राजेनेका, ७ लाख ६५ हजार १८० डोज फाइजर गरी कुल १ करोड २ लाख ३६ हजार १२० डोज खोप आएको छ।

कोभ्याक्स र एएमसीमार्फत ६३ लाख ८७ हजार डोज कोभिसिल्ड र १६ लाख ८५ हजार ६०० डोज मोडर्ना गरी कुल ८० लाख ७२ हजार ६०० डोज खोप भित्रिएको छ ।

कुन खोप कति आए?

आपूर्ति व्यवस्थापन शाखाका अनुसार अहिलेसम्म कोभिसिल्ड ९८ लाख ८७ हजार आएको छ। यस्तै भेरोसेल १ करोड ९७ लाख ३६ हजार ४०० डोज भित्रिएको छ।

जोनसोन ३७ लाख डोज, ११ हजार ५०० डोज, एस्ट्राजेनेका ४३ लाख ५६ हजार ५६० डोज, फाइजर बायोन्टेक ७ लाख ६५ हजार १८० डोज, मोडर्ना ७६ लाख ५२ हजार डोज खोप नेपाल आइपुगेको छ।

यस्तै भोलि बेलायतबाट ८ लाख ६२ हजार एस्ट्राजेनेका खोप आउन लागेको समेत थापाले बताए। यस्तै फेब्रअरीभित्र चीनमा उत्पादन भएको ४० लाख डोज साइनाेभ्याक खोप आउँदै छ। यो खोप नेपालमा आउन लागेको पहिलो खोप हो।

साइनोभ्याक खोपलाई औषधि व्यवस्था विभागले यसअघि नै आपतकालिन प्रयोगको लागि अनुमति दिइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.