|

काठमाडौं :  अब विदेशमा रहेका नेपाली दूतावासबाट समेत विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी हुने भएको छ।

कतारको राजधानी दोहामा रहेको नेपाली दूतावासले सोमबार नेपालबाहिर पहिलो पटक सबै विवरण/आवेदन राहदानी विभागमा पठाएपछि ई-पासपोर्ट जारी गरेको विभागले जनाएको छ।

ई-पासपोर्टका लागि कतारस्थित नेपाली दूतावासबाट आवेदन भर्न सकिने सूचना राहदानी विभागले आज (सोमबार) जारी गरेको छ। तत्कालका लागि सीमित मात्रामा ई-पासपोर्टका लागि आवेदन लिइने जानकारी पनि विभागले दिएको छ।

विभागका निर्देशक शरदराज आरनले नेपाली दूतावासहरूबाट ई-पासपोर्ट जारी गर्न खाडी देशहरू र मलेशियास्थित नेपाली नियोगमा आवश्यक सबै उपकरण पठाइसकेको बताए।

ती सबै उपकरण दूतावास र नियोगमा जडान हुनासाथ केही दिनभित्रै ती देशमा रहेका नेपालीलाई ई-पासपोर्ट जारी गर्न सकिने उनले बताए। 

विभागका अनुसार अन्य देशमा रहेका नेपाली नियोगमा पनि आवश्यक उपकरण पठाइरहेको र केही सातामै ती नियोगबाट समेत ई-प‍ासपोर्ट जारी हुने छ।

देशभित्र भने ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ ठाउँबाट ई-पासपोर्टको आवेदन दिन सकिन्छ।

बाँकी जिल्लामा आवेदन शुरु गर्न विभागका ३ प्राविधिक टोलीले नेटवर्किङ, उपकरण जडानसँगै कर्मचारीलाई तालीम दिइरहेको विभागले जनाएको छ।

यस्तो छ राहदानी विभागले यसबारे आज जारी गरेको सूचनाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.