|

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ।

मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार पनि सोही गतिमा गिरावट भएर निरन्तरता पाएको छ।

बुधबार नेप्से परिसूचक २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले गिरावट आएको छ।

आज कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको छ। आज नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको हो। मंगलबार ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

बुधबार १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ। जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ भने अन्य उपसमूहको सूचक शून्य प्रतिशत भन्दामाथिले घटेको नेप्सेले जनाएको छ।

आज नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आए पनि लिबर्टी इनर्जी र आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य बढेको छ। तर, यता बुद्धभूमि नेपाल हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक र विन नेपाल लघुवित्तको शेयरमूल्य घटेको छ।

कारोबार रकमका आधारमा १८ करोड ६१ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। नेपाल टेलिकम, नेशनल हाइड्रोपावरको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.