|

काठमाडौं : प्रेमको परिभाषा व्यक्ति पिच्छे फरक छ। प्रेममा सफल भएको व्यक्तिले प्रेमलाई गर्ने परिभाषा र असफल व्यक्तिले गर्ने प्रेमको परिभाषा पक्कै फरक छ।

कोही पाउनुलाई प्रेम भन्छन्। कोही गुमाउनुलाई। तर प्रेमबिना सजिब जीवन बाँच्न सक्दैन। चाहे त्यो बचपन, युवा होस् या वृद्ध अवस्थामा किन नहोस।  जीवनको एक अभिन्न अंग हो प्रेम। कतिपयको बुझाई छ  प्रेम मानवका लागि खुशीको कारक हो। प्रेम छ, जीवन छ। प्रेम छैन, जीवन छैन।

आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस। यो प्रेम गर्नेहरूका लागि एक उत्सवको दिन हो। आजका दिन विभिन्न व्यक्तिले आफूले चाहेको व्यक्तिलाई मनका भावना आदानप्रदान गर्छन्।

‘भ्यालेन्टाइन डे’ को सुरुवात प्राचिन रोमनबाट भएको हो। भ्यालेन्टाइन डेको औपचारिक सुरुवात इस्वी संवत् २६९ रोमबाट सुरु भएको मानिन्छ।

प्रेमको ठ्याक्कै परिभाषा नभए पनि ‘मुटु’लाइ प्रेमको प्रतीक मानेर हेर्ने गरिन्छ। जसले गर्दा मुटुलाई जोडेर प्रेम सम्बन्धी धेरै गीतहरू पनि बन्ने गरेका छन।  

प्रेम मनबाट पैदा हुने कुरा हो। हाम्रो दिमागमा प्रेम खेल्छ। त्यसलाई मनले महशुस गर्छ। तर प्रेम महसुस गर्नमा मुटुको भन्दा मस्तिष्कको भुमिका महत्वपूर्ण हुने मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल बताउँछन्।

‘प्रेम मुख्य त इमोसनसँग जोडिएको हुन्छ, लभ केमिकल रियाक्सन हुँदा हामीले केही महशुस गर्छौं। त्यसको इन्फरमेसन ब्रेनमा जान्छ। हार्मोनेट एक्टिभिटी मार्फत शरीरका विभिन्न अंगमा जान्छ, यस्तो बेला मुटुको धड्कन पनि बढ्ने गर्छ’, उनले विस्तारमा सुनाउँछन्।

प्रेममा कोही धेरै इमोसन हुन्छन भने कोही अलि कम इमोसन हुन्छन यो कुरामा मानिसको सामाजिक व्यवहार र बंशानुगतका कारण हुने समेत उनको भनाइ छ।

प्रेममा मुटु, मस्तिष्क र प्रेमको त्रिकोणात्मक सम्बन्ध हुने अनिलले थाहाखबरसँगको कुराकानीमा भने। ‘खास प्रेमलाई धेरै मुटुलाई जोडेर हेर्न गरिन्छ तर प्रेमको मामिलामा मुटु भनेको एउटा ‘बाजा” कै भुमिका खेल्छ मानिसमा इमोसन उत्पन्न हुने कुरामा ब्रेनको ठूलो भुमिका हुन्छ ब्रेनमा उत्पन्न भएको इमोसनको लक्षण हाम्रो शरिरमा पुग्छ त्यसबेला मुटुको पनि लक्षण धड्कन बढ्छ’ उनले भने।

'इमोसन मुटुसँग जोडिएको हुन्छ, त्यही कारण मुटुको धडकन बढ्छ। तर प्रेममा धोका भएपछि मुटु दुख्ने भन्ने कुरामा भने मेडिकल्ली कुनै कारण छैन', उनले भने।

उनी प्रेमको आयु दुई/तीन वर्ष हुने उनी सुनाउँछन्। केमिकल हार्मोनल सर्जका कारण दुई/तीन वर्षसम्म पिक जान्छ। र, विस्तारै घट्छ। त्यो बेला सम्बन्ध बिग्रिने जोखिम धेरै हुन्छ, प्रेमलाई निरन्तरता दिन सम्बधलाई नयाँ पन दिनु जरुरी छ’ उनले भने।

शारीरिक संरचना संचालन गर्न मुटुको रक्तसञ्चारमा मुख्य भूमिका हुने भए पनि प्रेमको मामिलामा भने ब्रेनमा उत्पन्न भएको प्रेमको इमोसन भावनालाई बाहिर देखाउन मुटुको ठूलो भूमिका हुने हुदाँ मुटुलाई प्रेमको प्रतिक मानिने बताउछन्। अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमी। "हाम्रो शरीर सन्चालनमा मुटुको मुख्य भूमिका भनेको रगत सन्चालन गर्नु हो, तर प्रेमको मामिलामा ब्रेनमा उत्पन्न भएको इमोसनलाइ शरीरको हाउभाउले देखाउन मुटुको मुख्य भूमिका हुन्छ जसले गर्दा मुटुको प्रतीक मानिएको हो" उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.