|

इलाम :  आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे। पश्चिमा संस्कृतिबाट आएको यो दिवस विस्तारै पूर्वीय चिन्तनमा समेत जरो गाड्दैछ। तर वैचारिक पक्ष खासमा भ्यालेन्टाइन्स( फेब्रुअरी ७,  फेब्रुअरी १४) कुन व्यवस्था अन्र्तगत पर्छ? एकजना मित्र भन्थे, ‘प्रेममा मान्छे पागल हुन्छ भन्थे सही कुरो रैछ हेर त जाबो एउटा फूल दिएको भरमा अरूको माया पाउने आस गर्नु कहाँसम्मको पागलपन हो।’

उनको बुझाई भ्यालेन्टाइन्स डेमा दिइने गुलाबले प्रेम निर्दिष्ट गर्दैन। अर्काजना मित्र प्रेम दिवसलाई लोकतान्त्रिक व्यवस्थाको रूपमा बुझेका रहेछन्। उनको बुझाई रहेछ, ‘पादरी भ्यालेन्टाइको त्यागपछि नै प्रेम गर्नेहरु निर्धक्क भएर समाजसामु आएका हुन्।’

अर्का कम्युनिष्ट पृष्ठभूमिका मित्रले परिस्कृतवादी व्यवस्थाको रूपमा लिए। उनको बुझाई ‘मुलुक परिवर्तनका लागि भएका हरेक क्रान्ति ताका पनि भ्यालेन्टाइन्स डे लुकिछिपी मनाइन्थ्यो। तर अहिले खुलेर गरिन्छ।’ माथिका मित्रहरूभन्दा फरक मेरो विश्लेषण भ्यालेन्टाइन्स डे पुँजीवादी व्यवस्था हो।

अचम्म लाग्न सक्ला प्रेम दिवसमा अर्थशास्त्रीय शब्द कहाँबाट आयो।  पुँजीवादको सोझो सम्बन्ध अर्थसँग हुन्छ। यसमा निजी सम्पत्तिको महत्व हुन्छ। पुँजीवादको एउटै मुख्य विशेषता हुन्छ- जसरी पनि सम्पती आर्जन गर्नु।

म तर्क गर्छु कि भ्यालेन्टाइन्स डे प्रि–प्रिन्ट गरिएका सन्देश भएका कार्डहरूदेखि लिएर स्प्रे–सुगन्धित गुच्छाहरू सम्मको व्यापारका लागि पूर्व निर्धारित तय गरिएको एक कार्यक्रम हो। यसमा दुई प्रेम जोडीको प्रेम भावना गौण हुन्छ। विशेष महत्व हुन्छ त केबल भ्यालेन्टाइन्स गिफ्टको। भ्यालेन्टाइनको एक साता करोडौं डलरको उद्योगमा फसेको छ। जसले उपभोक्ताहरूलाई प्रेमलाई व्यावसायिक प्रमाणीकरण चाहिन्छ भनेर विश्वस्त तुल्याउँछ।

भ्यालेन्टाइन्स डे मूलरूपमा सेन्ट भ्यालेन्टाइनलाई सम्मान गर्नको लागि मनाइएको थियो। वास्तवमा, सेन्ट भ्यालेन्टाइनको सही उत्पत्ति र पहिचान स्पष्ट छैन। क्याथोलिक इन्साइक्लोपीडियाका अनुसार फेब्रुअरी १४ कै दिन फरक फरक ३ स्थानमा पादरीहरूलाई मृत्युदण्ड दिइएको थियो। एक जना रोमका पादरी थिए अर्को इन्टरमना (हाल ट्रनी इटाली) र अर्को अफ्रिकाको रोमन प्रान्तमा सहिद भए। अब खासमा भ्यालेन्टाइन्स कसका लागि मनाइएको हो निश्चित छैन।

भ्यालेन्टाइन्स डेको उत्पत्ति कहाँ वा कसरी वा किन भयो भन्ने कुराले फरक पार्दैन। यसको प्रारम्भिक इतिहासमा के थियो भन्ने कुरा महत्वपूर्ण हैन।  प्रेम र नाफाको लालसालाई दोहन गर्ने यो अहिलेको पुँजीवादी षडयन्त्र हो। ठूला ठूला समूहहरूले भ्यालेन्टाइनका एक सातालाई पूँजीकरण गरेका छन् र अर्बौं डलर नाफा गरिरहेका छन्।

यदि तपाईंले भ्यालेन्टाइन्स डेको बारेमा पार्श्व चित्र बनाउनुभयो भने चकलेट, फुलहरू डिनर र महँगा गिफ्ट शब्दहरू समावेश हुन सक्छ। किनभने यी सबै चीजहरू प्रेमको मार्करको रूपमा अलग–अलग मार्केटिङ गरिएको छ।  यसलाई जवरजस्ती भ्यालेन्टाइन्स डेसँग जोडिएको छ।

भ्यालेन्टाइन्स डे प्रियजनसँग समय बिताउनु र प्रेम फैलाउनुका साटो उपहारको आदानप्रदानसँग जोडिँदै गएको छ। यसको मतलब उपहार दिनुले प्रेम छैन भन्ने होइन्। पूँजीवादले हामीलाई उपहार दिनु हाम्रो सम्बन्धमा पूर्व–आवश्यकता हो भनेर विश्वास गर्न सर्त राखेको छ। धेरैजसो बिदा अहिले अतिरिक्त पैसा कमाउनका लागि प्रयोग गरिन्छ। भ्यालेन्टाइन्स डे विशेष गरी पूँजीवादी एजेन्डालाई प्रश्रय दिन प्रयोग भएको छ।  किनभने यो प्रेममा केन्द्रित छ, प्रेम प्रायः हामी सबैको कमजोरी हो। यस अवस्थामा यो पुँजीगत लाभको लागि हाम्रो विरुद्ध प्रयोग गरिएको कमजोरी हो।

कोही–कोही माया गर्छन्, उपहारका लागि खर्चन तत्पर हुन्छन् र हरेक वर्ष भ्यालेन्टाइन्स डे मनाउँछन्। म आफुलाई ती मानिसहरू मध्येमा फरक मान्छु। म भ्यालेन्टाइन्स डे नमनाउने छनौट गर्छु किनभने म भ्यालेन्टाइनको उपहारमा प्रेम नभएर विनिमय देख्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.