|

काठमाडौं : पछिल्लो एक साता मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रमा विभिन्न महत्त्पूर्ण गतिविधि भएका छन्। यही साता कोरोना महामारीका कारण बन्द गरिएका शैक्षिक संस्था सरकारले करिब एक महिनापछि खुला गरेको छ।

यस्तै‚ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानलाई सत्ता गठबन्धनमा खटपट‚ संसद्‌मा पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको कसरत आदि गतिविधि भए। जसले गर्दा सत्तानिकट दलले नै यसलाई राष्ट्रघाती भन्दै सडकमा आन्दोलन गरिरहेका छन्। 

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा पनि यस साता विभिन्न विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन्। पछिल्लो एक सातामा भएका गतिविधिलाई तस्वीरमा अटाइएका छन्। 

खुल्यो शैक्षिक संस्था :  कोरोनाको तेस्रो लहर सुरु भए संगै बन्द रहेका विद्यालय खुलेपछि कक्षा कोठा जाँदै ससाना विद्यार्थी। 

कला :  चित्रकार समुन्द्रमान सिंह श्रेष्ठको क्यानभास । अहिले श्रेष्ठको कलाकारिता, म्युजियम अफ नेपाली आर्ट्समा प्रदर्शन भैरहेको छ।

परिश्रम :  काठमाडौंको एक काठ कारखानामा काठको फर्निचर बनाउन  व्यस्त  सिकर्मी ।

विरोधको स्वरुप : पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सडकमा खाना बनाएर विरोध प्रदर्शन।

बन्दको प्रभाव : एमसिसी विरोधमा ४ दलले गरेको नेपाल बन्दमा साइकलमा गन्तव्यमा जादैँ साइकलयात्री

स्पेशल टास्क फोर्स: एमसिसी संसदमा टेबल गर्ने निर्णय गरेपछि प्रदर्शन हुने अनुमान गरी भीड नियन्त्रणको तयारीमा नेपाल प्रहरीको स्पेशल टास्क फोर्स

पानीको शक्ति :  एमसिसीको विरोधमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीका फोहोरा प्रहार गरेपछि लडेका प्रदर्शनकारी। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.