|
तस्वीर सौजन्य : आइसिसी

काठमाडौं : ओमानमा जारी टी-२० विश्वकप छनोट खेलमा समूह 'ए' बाट युएई र आयरल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह चरणको सोमबार भएको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो। 

अन्तिम खेलमा जर्मनीलाई हराउँदै आयरल्याण्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। त्यस्तै अन्तिम खेलमा बहराइनसँग हार बेहोरेको युएई नेट रन रेटको आधारमा समूहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। 

अन्तिम खेलमा उपाधिको दावेदार मानिएको युएईलाई हराउँदै आयरल्याण्ड र युएईसँग अंक बराबर बनाए पनि नेट रन रेटको आधारमा बहराइन बाहिरिएको हो। समूह 'ए' कै जर्मनीले भने तीन खेलमा एउटा पनि जित निकाल्न सकेन। 

आयरल्याण्डले सोमबार भएको अर्को खेलमा जर्मनीलाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो भने २ खेलमा दुवै जित निकालेर शीर्षमा रहेको युएई अन्तिम खेलमा बहराइनसँग २ रनको झिनो अन्तरले पराजित हुँदै दोस्रो स्थानमा झरेको थियो। 

सोमबार नै समूह 'बी' का अन्तिम दुई खेल भइरहेका छन्। जसबाट सेमिफाइनल प्रवेश गर्ने २ टोलीको टुंगो लाग्नेछ। पहिलो खेलमा क्यानडा र नेपाल खेलिरहेका छन् भने दोस्रो खेलमा ओमान र फिलिपिन्स खेलिरहेका छन्। 

समूह 'बी' को विजेताले समूह ए को उपविजेतासँग र समूह ए को विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनल खेल्ने छन्। सेमिफाइनलका दुवै विजेताले यसै वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा भाग लिने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.