|

काठमाडाैं :  धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार १७.४२ अंकले उकालो लाग्दा नेप्से परिसूचक दुई हजार ७३५.९३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले बढेर ५२३.१५ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने दुई वटामा रातो पोतिएको छ।

आज अन्य समूह सर्वाधिक १.९८ प्रतिशतले उकालो लागेको छ। वित्त समूहमा १.९१ प्रतिशत, बैंकिङ समूहमा ०.४८ प्रतिशत, व्यापार समूहमा ०.४८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१६ प्रतिशतले वृद्धि भएकाे छ।

विकास बैंक समूहमा १.५१ प्रतिशत, जलविद्युत समूहमा ०.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०५ प्रतिशत, लघुवित्त समूहमा ०.३ प्रतिशत, जीवन बीमा समूहमा ०.०५ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३९ प्रतिशतले वृद्धि भएकाे छ। उत्पादन तथा प्रशोधन समूह ०.२८ प्रतिशतले तथा लगानी समूहमा ०.१७ प्रतिशतले गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ६० लाख ८१ हजार ६०२ कित्ता सेयर ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँमा किनबेच भएका छन्। आज नेपाल टेलिकमको सर्वाधिक २१ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

अरुण भ्याली हाइड्रोपावरको १२ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको आज जीवन विकास लघुवित्तको ११ करोड २२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ४१ लाख रुपैयाँकाे काराेबार भएकाे छ।

यस्तै आइसीएफसी फाइनान्सको १० करोड २९ लाख रुपैयाँ, अपी पावरको १० करोड २३ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ६० लाख रुपैयाँ, साहस ऊर्जाको ७ करोड ३० लाख रुपैयाँ, एचआइडीसीएलको ६ करोड ९७ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको ६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज दुई वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मैलुङ खोला जलविद्युतको सेयरमूल्य १० प्रतिशत तथा युनाइटेड इदी मर्दीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

सामलिङ पावरको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।  सिभिल लघुवित्त, नेपाल हाइड्रो, प्राइम लाइफ इन्स्योरेन्स र समिट लघुवित्तको सेयरधनीहरूले आज धेरै गुमाए। यी कम्पनीका सेयरमूल्यमा दुई प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.