|

काभ्रे : काभ्रेको महाभारत गाउँपालिका–५ मन्जुवा, बेथानचोक गाउँपालिकाको ढुंखर्कमा तोरी यतिवेला बारीमा फुलेर पहेँलै भएको छ।

तोरी फुलेपछि खानीखोला, रोशी, बेथानचोक, तेमाल, चौरीदेउराली, पाँचखाल नगरपालिका, मण्डनदेउपुर, धुलिखेल लगायतका क्षेत्रका अधिकांश गाउँ सुन्दर देखिएका छन्।

काभ्रेका धेरैजसो ठाउँमा तोरी खेती अत्यधिक हुने गरेको छ। मकैबाली भित्र्याइसकेपछि बारीमा छरेको तोरीले गाउँको रौनकता बढेको हो।

तोरीले मौरीपालन व्यवसायलाई फाइदा पुगेको कृषकको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.