|

जनकपुरधाम : महाशिवरात्रिको अवसरमा मिथिलाको राजधानी जनकपुरधामको चार कुनामा रहेका शिवमन्दिरमा भक्तजनहरूको बिहानैदेखि घुइँचो लागेको छ।

मंगलबार जनकपुरधामको शिवचौकमा रहेको शिवमन्दिर, स्वर्गद्वार स्मशान घाटमा रहेको भूतनाथ मन्दिरमा बिहानदेखि नै भक्तजनहरूले पूजापाठ गरिराखेका छन्। यसका साथै जनकपुरधामको चार कुनामा रहेका मन्दिरहरूमा पनि भक्तजनको भिड रहेको हो।

जनकपुरधाम उपमहानगरपालिका-१६ मा रहेको कपिलेश्वरनाथ, वडा नम्बर १२ मा रहेको कुपेश्वरनाथ, धनुषाको क्षिलेश्वरनाथ नगरपालिका-७ हरिहरपुरमा रहेको क्षिरेश्वरनाथ, धनुषाधाम, षतोखर, महोत्तरीको जलेश्वरनाथ र  टुटेश्वरनाथ लगायतका ठाउँमा भक्तजनको अत्यधिक भिड लागेको हो।

राजा जनकको द्वारपालका रूपमा भगवान् शिव रहेको मान्यताअनुसार जनकपुरधामका चारै कुनामा ऐतिहासिक तथा धार्मिक महत्त्वका शिव मन्दिर रहेका छन्।

आज भगवान् शिवको पूजापाठ गर्नाले विशेष फल प्राप्ति हुने भएकाले भक्तजनहरू उपवास बसेर जल, दूध, भाङ, धतुरो, फूल, अक्षतासहितका सामग्री चढाएर पूजाअर्चना गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.