|

काभ्रे : शिवरात्रिका अवसरमा आज काभ्रे र भक्तपुरको सीमामा पर्ने साँगास्थित शिव मूर्तिमा पूजाआजाका लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

जल, पुष्प, अक्षता, धूप लगायतका सामग्री लिएर महिला, पुरुष, वृद्धवृद्धा र बालबालिका पूजाका लागि लाइनमा लागेर भगवान् शिवको आराधना गरिरहेका छन्। भक्तजन विगतभन्दा यो वर्ष हर्षाेल्लासका साथ पूजाका लागि व्यस्त देखिन्छन्। 

त्यस्तै भीडलाई व्यवस्थापन गर्न बनेपा–१३ स्थित साँगामा रहेको नेपाल प्रहरी माध्यमिक विद्यालयका विद्यार्थीहरु स्वयंसेवकका रूपमा खटिएका छन्। उक्त विद्यालयमा कक्षा ११ मा अध्ययनरत अयुष्मान प्रजापतिका अनुसार २५ जना विद्यार्थी स्वयंसेवकका रूपमा बिहानैदेखि खटिएका छन्।

मन्दिर आसपासका पूजा तथा पाउ पसल र होटलमा समेत किनबेच गर्नेको भीड देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.