|

काठमाडौं : थाहाखबरले साताको अन्तिम दिन शनिवार साताभरिको गतिविधिलाई समेटेर साताको तस्बिर प्रकाशन गर्दै आइरहेको छ।

यस साताको तस्बिरमा ग्याल्बो लोसार र शिवरात्रि पर्वका रमाइला तस्बिर समेटिएको छ। यस्तै‚ काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा ढिलाई हुँदा सहरको सौन्दर्यलाई पारेको असरलाई पनि समेटिएको छ।

अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएसँगै संसद भवन रहेको नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनको तस्बिर पनि राखिएको छ। ​युक्रेनमाथि रूसीले केही दिनदेखि आक्रमण जारी राखेको छ। यसै सन्दर्भमा नेपालको बौद्ध स्तुपमा विभिन्न देशका राजदूतले शान्तिको कामना गरेका छन्।

फोहोरको डंगुर : काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा ढिलाइ हुँदा सडक दुर्गन्धित हुन थालेको छ।

ब्यारिकेड: एमसिसीविरुद्धको प्रदर्शनमा नयाँ बानेश्वरको निषेधित क्षेत्रमा राखिएको ब्यारिकेड।

आफ्नै प्यारो : ग्याल्पो लोसारको अवसरमा शेर्पाहरूको पहिचान झल्काउने पोसाकमा बालिका।

शान्तिको कामना : युक्रेनमाथि रुसी आक्रमण जारी रहिरहेको बेला बौद्ध स्तुपमा विभिन्न देशका राजदूतद्वारा शान्तिको कामना।

कर्तव्य : नयाँ बानेश्वरको मुख्य सडकमा शंकास्पद कुकर बमलाई निष्क्रिय गर्दै नेपाली सेनाका जवान।

जय भोलेनाथ : महाशिवरात्रीको अवसरमा पशुपतिनाथ परिसरमा भेटिएका बाबा।

सैन्य कौशल : सैनिक दिवसको अवसरमा काठमाडौंमा नेपाली सेनाले प्याराग्लाइडिङमार्फत सैन्य कौशल देखाउँदै।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.