|

काठमाडौं : मल्लकालीन सभ्यताको प्रतीक मानिने काठमाडौं उपत्यकाका काठमाडौं‚ ललितपुर र भक्तपुर जिल्लाका ढुंगेधारामा केही वर्षअघिसम्म बाह्रै महिना पानी आइरहन्थ्यो। तर‚ अहिले ती ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन्।

काठमाडौंका एक दुई स्थानबाहेक ढुंगेधारा हराइसकेका छन्। भक्तपुरमा संरक्षणको अभियान थालिएको छ। यता ललितपुरका ढुंगेधाराहरू संरक्षणको अभावमा फोहोर फाल्ने ठाउँमा परिणत भएका छन्।

ललितपुरको दक्षिण टीका भैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरू सुक्दै जाँदा ढुंगेधाराहरू पनि सुक्न थालेका छन्। बढ्दो सहरीकरणका कारण घरलगायतका संरचनाहरू बन्दै जाँदा पानी बग्ने र जमिनमुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरू बताउँछन्।

वर्षा याममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरू पानी बग्ने ठाँउ नपाउँदा पनि कुरुप बन्दै गएका छन्। ललितपुरको पाटनस्थित ढुंगेधारालाई क्यामारामा कैद गरिएको छ।

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.