|

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका जैविक विविधताले भरिपूर्ण क्षेत्र मानिन्छ। यस क्षेत्र हिमालदेखि मध्यपहाडसम्मको भूभाग यही क्षेत्रमा पर्दछ।

उपल्लो भागमा हिमालयदेखि तल्लो भागमा उत्पादनमुखी जमिन रहेको छ। जल, जंगल र जडीबुटीको भण्डार रहेको बारेकोट असाध्य सुन्दर ठाउँका रूपमा प्रख्यात छ।

जुम्ला र डोल्पासँग सिमाना जोडिएको यो क्षेत्र नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाटको बाँधका साथै पानीको मुख्य मुहान र स्रोत समेत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.