|

काठमाडौं : अन्तरराष्‍ट्रिय ‘११२ औँ नारी दिवस’ का अवसरमा ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ आयोजना गरिएको छ। एलओडी क्लब, बक्समान्डु जिम र कान्तिपुर टेलिभिजनमा संयुक्त आयोजनामा आज मंगलबार २४ गते एलओडीमा बक्सिङ खेल भएको हो।

४९ केजीदेखि ६० केजी समूहका महिला खेलाडीहरू बक्सिङमा सहभागी भएका हुन्। प्रतिष्‍ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पुनम रावल बक्सिङमा सहभागी छन्।

नारी सशक्तीकरणका लागि महिलाहरू पनि सक्षम रहेको सन्देश दिन बक्सिङ आयोजना गरिएको एलओडीका निर्देशक भुपेन शमशेर कुँवरले बताए। महिलाले भोग्नु परेका सामाजिक तथा कानूनी भेदभाव हटाउन यस्ता कार्यक्रमले बल पुग्ने विश्वास उनले व्यक्त गरे।

तस्वीरमा महिला बक्सिङः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.