|

काठमाडौं : थाहाखबरले साताको अन्तिम दिन शनिवार साताभरि देश तथा विदेशमा भएका गतिविधिलाई समेटेर साताको तस्बिर प्रकाशन गर्दै आइरहेको छ। यस साताको तस्बिरमा युक्रेनमा रुसले गरेको सैन्य आक्रमणमा विस्थापित नागरिकदेखि अल्बानियामा महिला हिंसाविरुद्ध भएका प्रदर्शनलाई समेटिएको छ।

युक्रेनमा भएको हमलापछि रूसदेखि विश्वका अन्य मुलुकमा पनि आन्दोलन जारी छन्। यसैगरी भारतको काश्मिरमा भएको हिंसामा मारिएको एक महिलाको आफन्तको चित्कार पनि यसमा समेटिएका छन्। 

यस्तै‚ तनहुँको दमौलीमा भएको आगलागीमा हेलिकोप्टरले गरेको उद्धारदेखि नेपालको सुन्दर प्रकृतिलाई पनि समेटिएको छ। 

अल्बानियाको तिरानामा महिला विरुद्ध हुने हिंसाविरुद्धको प्रतीकको रूपमा लस्करै राखिएका रातो जुत्ता। तस्बिर: एएफपी

मृत्यु र आँशु :  भारत नियन्त्रित कश्मीरको श्रीनगरमा ग्रेनेड आक्रमणमा मारिएकी महिलाका परिवारका सदस्यहरू। तस्बि : एपी

विपद्‍मा हेलिकोप्टर : तनहुँको व्यास नगरपालिका४ मुख्यचोकमा लागेको आगनियन्त्रण गर्न मादी नदीबाट हेलिकप्टरमा पानी लगिँदै। तस्बिर : रासस

प्रकृति र मानव : दोलखाको पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै पर्यटक। तस्बिर : रासस​

शान्तिका लागि प्रदर्शन : स्पेनस्थित रसियन दूतावासअघप युक्रेन-रसिया युद्ध रोक्नुपर्ने माग राख्दै एक महिला। तस्बिर : गेट्टी इमेज

युद्ध र असर : युक्रेनको इरपिन सहरमा रहेको रूसी सेनाले आक्रमण बढाएपछि ज्यान जोगाउन हिँडेकी वृद्धलाई उद्धार गर्दै युक्रेनी सैनिक। तस्बिर : रोयटर्स

रूसविरुद्ध रूसी नागरिक : युक्रेनविरुद्ध रूसले आक्रमण गरेपछि त्यसको विरोधमा रुसको सेन्ट पिटर्सबर्गमा रूसी नागरिकको प्रदर्शन। तस्बिर : इपिए

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.