|

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले निर्वाचन समिति पुनर्गठन गरेका छन्।

संघको केन्द्रीय समितिको निर्वाचन गराउन घलेले  गैरआवासीय नेपाली संघको विधान २००३(२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्।

गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरूमध्ये ५० भन्दा बढी एनसीसीहरूले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएका थिए।

निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरूमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन्।

यस्तै घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह-संयोजकमा अर्का उपाध्यक्ष मन केसी छन्।

आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरू, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरू लगायत रहने छन्।

संघको दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११० सम्म) काठमाडौंमा आयोजना हुने बताइएको छ। गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसके पछि आइसीसीले प्रमुख संरक्षक घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.