|

जनकपुरधाम : धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययन केन्द्र र  प्राणी उद्यान विकास गरिने  वन तथा वातावरणमन्त्री रामसहाय यादवले बताएका छन् ।

शुक्रबार धनुषाधामस्थित वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षण गर्दै सो कुरा बताए। मन्त्री यादवले सञ्चारकर्मीसँग कुरा गर्दै धनुषाधाममा प्राणी उद्यान (चिडियाखाना) निर्माण समेत गरिने जानकारी गराए।

वनस्पति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुना केन्द्रको रूपमा विकास गर्न सकिने मन्त्री यादवले बताए।

वनस्पति, वन र चुरे एकअर्कालाई जोडिरहेको भन्दै मन्त्री यादवले धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेश प्रदेशको आर्थिकका साथै पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने समेत जानकारी गराए।

मन्त्री यादवले अहिले रहेको वनस्पति अनुसन्धान केन्द्रलाई व्यवस्थित गर्दै वनस्पतिसम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरूको अध्ययन अनुसन्धान केन्द्रको रूपमा विस्तार गर्न संघीय सरकारले योजना बनाइरहेको छ।

बारम्बारको अभावमा जंगली जनावरबाट वनस्पति केन्द्र हुने क्षतिलाई न्यूनीकरण गर्न तत्काल नै संघीय सरकारले चारैतिरबाट तारबारका लागि बजेट व्यवस्थापन गर्न लागेको मन्त्री यादवले बताएका हुन्।

केन्द्रलाई व्यवस्थित गर्न सकेको खण्डमा विभिन्न फिल्महरू निर्माणका लागि उपयुक्त स्थल हुन सक्नेछ।

‘वनस्पति उद्यान केन्द्रमा लोपोन्मुख अवस्थामा रहेका विभिन्न प्रजातिका वनस्पति, बिरुवाहरूलाई संरक्षण गर्दै आएको छ’‚ मन्त्री यादवले भने, ‘यसलाई अझ व्यवस्थित बनाउन सकेमा नेपालभरिका वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धानका लागि धनुषाधाम केन्द्र बन्न सक्ने बताए।

वनस्पति अध्ययन तथा अनुसन्धान केन्द्र जनकपुरका निमित्त प्रमुख ताहिर हुसेनले केन्द्रमा विभिन्न प्रजातिका जडिबुटी, पानीमा रहने विभिन्न प्रजातिका जडिबुटी तथा बिरुवाहरू समेत उद्यानमा रहेको बताएका हुन्।

वनस्पति अध्ययन तथा अनुसन्धान केन्द्र जनकपुरका निमित्त प्रमुख ताहिर हुसेनले वनस्पति केन्द्रको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराएका थिए। जग्गा पर्याप्त भए पनि बजेटको अभावमा वनस्पतिले लक्ष्य अनुसारको काम गर्न नसकेको गुनासो गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.