|

काठमाडौं : गैरआवासीय नेपाली संघको निर्वाचन फेरि परिवर्तन भएको छ। आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन तीन दिन पर सरेको हो।

नयाँ निर्वाचनको मिति चैत १० र ११ गतेका लागि तय गरिएको निर्वाचन समितिले शनिबार एक सूचना जारी गरी जनाएको छ। जारी सूचनामा विद्युतीय माध्यमबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४-२५ ) हुने बताइएको छ।

सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तरराष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.