|

राजनीतिमा अलमल र कर्मकाण्डी व्यवहार कहिल्यै काम लाग्दैन।  यहाँ स्पष्ट र वारपारको निर्णय गर्ने क्षमता हुनुपर्छ। यसका लागि एक निश्चित समय आउनुपर्छ। अब करिब करिब एउटा विषय स्पष्ट भएको छ‚ सत्तारुढ गठबन्धन मिलेर चुनाव लड्दैछ।

यस कुराको संकेत प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूले विभिन्न मञ्चबाट स्पष्ट पारेको अवस्था छ। यो विषयको सल्बलाहट प्रतिपक्षमा पनि देखिएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीले संस्थागत निर्णय गरिनसकेको भए पनि चुनावमा नेकपा (एमाले)सँग गठबन्धन हुन्छ भन्ने कुराको संकेत नेताहरूले दिएका छन्। किनकि‚ एकलवाद आफैंमा कमजोर हुन्छ। नेपालको राजनीति गठबन्धनविना सत्ता पाउने ल्याकत कुनै दलसँग छैन। कसैले पनि आदर्श नछाँटे राम्रो।

कलवाद आफैंमा कमजोर हुन्छ। नेपालको राजनीति गठबन्धनविना सत्ता पाउने ल्याकत कुनै दलसँग छैन। कसैले पनि आदर्श नछाँटे राम्रो।

सानोतिनो उचाइलाई मानिसले सहजै पार गरे पनि जब ज्यादै अग्लो सगरमाथा शिखर चुम्नुपर्ने बेला हुन्छ‚ त्यस्तो बेला प्रत्येक व्यक्ति धरमरमा हुन्छन्। क्रिस्टोफर कोलम्बस अमेरिकाबाट केही माइल मात्र टाढा हुँदा स्थिर थिए।  तर‚ जमिन भेटिन्छ भन्ने कुरामा कुनै निश्चित थिएन।

उनका साथीले त हामी घर फर्कौं भनेका थिए। त्यति बेला कोलम्वसले भने‚ ‘हामी फर्कियौं भने पनि घर पुग्न सक्दैनौं। खाना सिद्धिन्छ, उता पनि मर्नै छ भने लक्ष्यतिर गएरै मरौं जमिन पो भेटिन्छ कि।’ यहाँ जिद्दीपन कोलम्बसको देखिन्छ।  तर‚ अमेरिका भेट्न सहयोग गर्ने सहयोगी अरू पनि थिए।

यस्तै‚ घटना बेलायती एक पर्वतारोही जर्ज म्यालोरीको सन्दर्भमा पनि भएको छ। जसले एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाभन्दा पहिला सगरमाथा चढेका थिए भन्ने अनुमान गरिएको छ। तर‚ फर्किँदा उनी चिप्लएर मरे। उनका अन्य साथी पनि पहिला नै मरेको हुनाले त्यसको पक्षमा अहिलेसम्म प्रमाण भेटिएन।

चुनावमा पनि प्रायः यस्तै हुन्छ। जहाँ हार्नेको प्रमाण भेटिँदैन। मात्र भेटिन्छ कुण्ठा र बदलाको भावना। यसै कारणले गठबन्धनको मौका सहज रुपमा मिल्छ भने जो कोहीले पनि छोड्नु हुँदैन। युधिष्ठरले पनि सत्ता एक्लै पाएका होइनन्।

राजनीतिक पार्टीहरू विचारले र सिद्धान्तले स्थापित हुन्छन्। तर‚ जित भन्ने कुरा सिद्धान्तबाट होइन सहमति, समर्थन र मतबाट मिल्ने गर्छ। जितको प्रतिफल कर्ममा प्रतिबिम्वित हुनुपर्छ, मात्र विचारमा होइन। अबको राजनीतिमा व्यक्ति प्रमुख हुँदैन काम प्रमुख हुन्छ। काम प्रमुख हुनासाथ व्यक्तित्व गौण हुँदै जान्छ।

देश हाँक्नका लागि राजनीति मात्र पर्याप्त छैन।  कर्मचारी, पुलिसतन्त्र, शिक्षक जसले राज्यको सञ्चितकोषबाट तलब खान्छन्‚ उनीहरूलाई पूर्णरूपमा काममा लगाउन जरुरी छ। त्यसलाई सहज सञ्चालन गर्नका लागि पनि गठबन्धन आवश्यक छ।

अबको राजनीति जातिवाद, समावेशीको व्याज, क्षेत्रीयता, रंगभेदलगायत विभिन्न विभेदबाट माथि पनि गठबन्धन आवश्यक हुन्छ। पार्टीलाई जिताउने संगठनले हो। पछिल्लो समयमा लगभग सबै राष्ट्रिय पार्टीले गाउँस्तरबाट नै संगठन बनाएका छन्। यो हिसाबले हेर्दा लगभग प्रत्येक पार्टीलाई जमिनमा हाम्रा मतदाता कति छन् भन्ने थाहा छ। अधिकांश नेपाली जनता स्पष्टरूपमा पार्टीमा खुलेको अवस्था छ। अनिर्णीत १५–२० प्रतिशत जति मतदाता आकर्षणका लागि प्रयास गर्ने हो। यो अवस्थामा नेपालको कुनै पनि पार्टीले निर्धक्क ५० प्रतिशत जनता एक्लै होल्ड गर्न सक्ने परिवेश कुनै स्थानीय तहमा छैन। त्यसैले गठबन्धन आवश्यक छ।

चुनाव नजितेसम्म सिद्धान्तले राजनीति हुँदैन। लोकप्रिय सिद्धान्तले मात्र कहिल्यै पनि विकासको गति बढाउन सक्दैन। यसको उदाहरणको रूपमा मार्क्सवादलाई लिन सकिन्छ। यो विश्वभर लोकप्रिय भयो तर कतै पनि सफल भएन।

अलोकप्रिय भए पनि पुँजीवाद सफल छ। वादले विकास र विकासले गाँस, बास, कपास, शौचालय, टाउको दुख्दा एक ट्याबलेट औषधि जुटाउन सक्नुपर्छ। त्यसपछि शिक्षा‚ स्वास्थ्य‚ खानेपानी, सडक इत्यादि। अन्यथा एक्लो वाद त थापाकुरीको रूख एउटै हो। जसले न फल दिन्छ‚ न घाँस काटेर भैँसीलाई खुवाउन मिल्छ।

२०४६ सालमा वाम गठबन्धनसँग मिलेर जनआन्दोलन गर्न हुन्छ, २०६२ सालमा सबै मिलेर गणतन्त्र ल्याउन हुन्छ र २०७० सालदेखि आजसम्म कांग्रेस–एमाले, एमाले–माओवादी, माओवादी–कांग्रेस र अन्यको गठबन्धनबाट सरकार चलाउन मिल्छ भने अबका दिनमा गठबन्धन चुनावसम्म लम्बिनुलाई अन्यथा मान्नु हुँदैन।​

चुनाव जितेपछि विकास एक्लै पनि गर्न सकिन्छ। जस्तै २५ करोड जनसंख्या भएको भारतको उत्तर प्रदेशमा २०१७ मा योगी आदित्यनाथको पक्षमा ३२५ मध्ये २५ जना पनि विधायक थिएनन्। २०२२ मा चुनाव भयो योगीले नै जिते। किनकि‚ जनतालाई थाहा भयो योगीले शासन र सुशासनको तालमेल मिलाउन सक्छन्।

नेपालको सत्तारुढ वा विपक्षले चुनावमा गठबन्धन गर्छन् भने त्यसलाई अन्यथा लिनु हुँदैन। किनभने जतिबेला पार्टीहरू अस्तित्वमा हुँदैनन् वा एक्लै बलियो भएको आत्ममुग्धतामा रमाउँछन् त्यतिबेला कि हार्छन् जिते तानाशाही बन्छन्।

२०१५ सालमा दुई तिहाईको कांग्रेस सरकारले एउटा सानो भए पनि कम्युनिष्ट घटकसँग गठबन्धन गरेको हुन्थ्यो भने २०१७ साल पुस १ गतेको घटना घटाउने साहस राजा महेन्द्रमा आउने नै थिएन। २०४६ सालमा वाम गठबन्धनसँग मिलेर जनआन्दोलन गर्न हुन्छ, २०६२ सालमा सबै मिलेर गणतन्त्र ल्याउन हुन्छ र २०७० सालदेखि आजसम्म कांग्रेस–एमाले, एमाले–माओवादी, माओवादी–कांग्रेस र अन्यको गठबन्धनबाट सरकार चलाउन मिल्छ भने अबका दिनमा गठबन्धन चुनावसम्म लम्बिनुलाई अन्यथा मान्नु हुँदैन।​

राजनीति सत्ता प्राप्तिका लागि नै गर्ने हो यसमा कुनै ‘किन्तु’ ‘परन्तु’ को गुञ्जायस छैन। सत्तापाउन चुनाव जित्नु पर्छ, परीक्षार्थीले झैं घोकेर, लेखेर वा लिगलिगमा द्रव्य शाह दौडे झैँ दौडेर सत्ता पाइँदैन। स्वस्थानीमा नवराजलाई हात्तीले माला लगाइदिए झैं जनताले माला नलगाएसम्म चुनाव जितिँदैन। त्यसैले गठबन्धनलाई अन्यथा मान्नु हुँदैन।

आज हाम्रा सात प्रदेश र संघमा गठबन्धनको सरकार छ। चुनावमा पनि त्यो परिस्थितिलाई जिवन्त राख्नका लागि सबै पार्टीहरू गठबन्धनका लागि आत्मैदेखि तयार हुन जरुरी छ। एउटा गीतमा ५० थरी दृष्टिकोण आउने देशमा एक्लै चुनाव कसरी जितिन्छ र किन जितिन्छ। आखिर सबैले गर्ने भनेको उस्तै उस्तै काम रहेछ।

आफ्नो टाउको फुटेपछि ‘मितको टाउको बेलैसरी’ भन्ने तरिकाले राजनीति पनि हुँदैन राजनेता पनि बनिँदैन। यही उखानलाई उल्टाएर हेरौँ ‘मितको टाउको फुटेपछि आफ्नो टाउको पनि बेलैसरी हुन्छ’। देशको चुनावी गणित हेर्दा एक्लो पार्टीको विजय सम्भव नहुने परिस्थिति छ। मतदाताको विभाजित मनस्थितिले पनि यो स्पष्ट पारेको हुनाले तत्कालका लागि सत्ता तथा विपक्षमा रहे पनि विचार र वाद मिल्नेहरू गठबन्धन मिलेर चुनावमा जान उपयुक्त देखिन्छ।

एउटा तर्क के पनि छ भने मिलेर चुनाव लड्ने हो भने अलग दल किन बनाउन? यो तर्कमा दम छ। तर‚ तर्क जमिनमा पुग्दैन। किनकि‚ लगभग ८० प्रतिशत मतदाताले कुन पार्टीलाई भोट दिने भन्ने मनस्थिति बनाइसकेका छन्। बाँकी बचेका २० प्रतिशतको मनस्थितिलाई तान्नका लागि गठबन्धन चाहिन्छ। जनमान्यताको विकासका लागि पनि चुनावी गठबन्धनलाई अन्यथा सोच्नु हुँदैन।

एकल शासन र एकल विचारमा राजतन्त्रहरू जीवित हुने गर्थे। जसलाई जर्मन लेखक दाँतेले एक शासक एक सरकारको रूपमा व्याख्या गरेका थिए। त्यो समाप्त भयो। अहिले विश्वमा सरकारहरू अपवादलाई छोडेर डायसीको कानुनी राज्य र मन्टेस्क्युको शक्ति पृथकीकरणलाई आधार मानेर सञ्चालित छन्। जसले एकको विकल्पमा बहुललाई हेर्छ।

यो अवस्थामा चुनावहरू एउटै सिद्धान्तमा लड्नु पर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्छ। किनकि‚ ‘एक’ कालान्तरमा वंशहीन हुन्छ। प्रत्येक्ष राष्ट्रपति चुनिने ठाउँमा एक सर्वोपरि हुन सक्छ। तर‚ बहुलवादलाई संविधानको प्राक्कथ्थन स्वीकारिन्छ भने एकल चुनाव लगभग असम्भव हुन्छ।

भारतमा २०१४ र २०१९ मा भाजपाले ३०० स्थान ल्याएर एकल सरकार बनाउन सक्ने अवस्थामा रहे पनि प्रत्येक पटक त्यहाँ सहयोगी दलसँग मिलेर चुनाव लडेको उदाहरण छ। सरकारमा पनि अर्को दललाई ल्याइन्छ।

गठबन्धन गलत हुँदैन। तर‚ गठबन्धन सम्हाल्न विशाल मुटु चाहिन्छ। जोसँग त्यो मुटु हुन्छ त्यो नै राजनेता हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.