|

काठमाडौं : वसन्त ऋतुसँगै नयाँ बिरुवाले नयाँ पालुवा पलाउन थालेका छन्। यस ऋतुलाई फूल फुल्ने मौसमका रुपमा पनि अर्थ्याइन्छ। यस  ऋतुको आगमनले एकातिर हरियाली र अर्कोतर्फ फुलहरू फुलेका छन्।

उजाड प्रकृतिलाई यस ऋतुले नयाँ बहार लिएर आउने गर्छ।  राजधानीका चोकचोकमा अहिले फुलहरू ढकमक्क फुलेका छन्।

उपत्यकामा विशेष गरेर चेरी नामको फूलले रंगीएको छ।   उपत्यकाको तीनकुने,भृकुटीमण्डप,नक्साल, पुलचोकलगायतका क्षेत्रमा चेरी,आरु लगायतका विभिन्न वनस्पतिका फूलले थप सौन्दर्य थपेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.