|

हेटौंडा : रङहरूको पर्व फागु पर्व अर्थात् होली आज नेपालको हिमाली तथा पहाडी भेगमा मनाइँदै छ।

हिन्दु धर्मसहित विभिन्न धर्मका जातजातिहरुले महत्वका साथ मनाउने होली पर्वले एउटा छुट्टै ईतिहास,परम्परा र सस्ंकृती बोकेको छ। परम्परा र सस्ंकृतीको जगेर्ना गर्न खुशी साट्दै आत्मियता बाढ्ने होली पर्वमा कतै संस्कृति त कतै विकृति बढिरहेको देखिन्छ।

बागमती प्रदेशको राजधानी हेटौंडामा आज बिहीबार बिहानैदेखि होली खेल्नेहरु रङ दलेर हर्ष र उमंग बाँडिरहेका छन्।

हेटौंडाको एकतर्फ नेवार समुदायले मन्दिरमा पूजाआजा गरेर परम्परागत रुपमा बाजागाँजा र नाचगान सहित होली मनाएका छन् भने अर्कोतर्फ होलीको विकृति बढ्दो अवस्था देखिएको छ। विशेषगरी हेटौंडा–४ स्कुलरोडमा भेला भएका युवायुवतीहरुले होलीमा विकृति बढाएको देखिएको हो। स्कुलरोडमा भेला भएका युवा युवती एक-अर्कामा अण्डा फुटाउने, पानी छ्याप्ने र लोला हान्नुको साथै मादक पदार्थ सेवन गरेको देखिन्छ।

स्कुलरोडमा दुईवटा ठूला ट्यांकी भएका गाडी नै ल्याएर पानी छ्याप्ने, अण्डा फ्याँक्ने तथा लोला हान्ने जस्ता विकृति बढेको हो। होलीमा रङ बेच्न बसेका व्यवसायीहरुले पनि रङसँगै अण्डालाई बिक्री गर्न राखेका छन्।

यसले पनि होलीमा हुने विकृति बढाएको देखिन्छ। यस्ता विकृति बढ्न नदिन ठूलो मात्रामा प्रहरी परिचालन गरेको भए पनि त्यसले खासै प्रभाव पारेको पाइँदैन।

हेटौंडाको स्कुलरोड, संगमचोक, सिमाचोक, मानसचोकलगायत विभिन्न स्थानमा युवा युवतीहरु भेला भएर होली खेलिरहेका छन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.