|

काठमाडौं : थाहाखबरले साताको अन्तिम दिन शनिवार साताभरिको गतिविधिलाई समेटेर ‘साताका तस्बिर’ प्रकाशन गर्दै आइरहेको छ। यस साताको तस्बिरमा  पनि विभिन्न विषयवस्तुमा आधारित तस्बिर समेटिएका छन्।

केही दिनअघि संखुवासभाको मुढेमा एक बालकले क्याप्टेन आनन्द थापालाई  १०० रूपैयाँको नोट दिएर हेलिकोप्टरमा चढाउन आग्रह गरेपछि आनन्दले ती बालकको अनुरोध स्वीकार गर्दै निःशुल्क उडान भरिदिएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो। पाइलटले बाल मनोविज्ञान बुझेर निःशुल्क उडान भरेका थिए। त्यसपछि बालकसहित उनको तस्बिर भाइरल बनेको थियो। उक्त तस्बिर हामीले समेटेका छौं।

यस्तै‚ वसन्त ऋतुमा भएका विभिन्न गतिविधिलाई समेटेका छौं। वसन्त पर्वको रूपमा लिइने फागु पूर्णिमामा नागरिकले प्रहरीसँग देखाएको भावनात्मक सम्बन्धलाई पनि समेटेका छौं। त्यसरी नै  ढकमक्क फुलेका फूल पनि समेटिएको छ।  

यस्तै, मोरङमा १८ महिनाको बालिकालाई बलात्कार गरी हत्या भएपछि काठमाडौंमा न्यायका लागि भएको प्रदर्शनलाई पनि यस साता समेटिएको छ।

होली र भातृत्व : होलीको अवसरमा वसन्तपुर क्षेत्रमा सुरक्षाका लागि खटिएका प्रहरीलाई रंग लगाउँदै युवा।  

मानवीयता : संखुवासभाको मुढेमा एक बालकले क्याप्टेन आनन्द थापालाई  १०० को नोट दिएर हेलिकोप्टरमा चढाउन आग्रह गरेपछि बालकसँग उडान  भर्ने क्रममा। तस्बिर : क्याप्टेन थापा

वसन्त र प्रेम : वसन्त ऋतुसँगै उपत्यका रङ्गीचङ्गी फूलले सजिएका छन्। भृकुटीमण्डपमा फुलेको फुल र फुलमूनि प्रेममा भुलेका प्रेमिल जोडी।

पानीको रंग : कमलपोखरीमा साँझमा बालिएको बत्तीमा मिसिएको पानीको फोहोरा। 

सेवाग्राहीलाई सास्ती : त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाका लागि झ्यालबाट चियाउँदै सेवाग्राही। विभागले एक दिनमा करिब २ हजार राहदानी वितरण गर्दै आएको जनाएको छ। 

फूलको सौन्दर्य : वसन्त ऋतुसँगै फक्रिएको  गुलाबको फुल 

सूर्यास्त : गोधुलीमा क्षितिजमा पोतिएको लाली।

न्यायका लागि एकता :  मोरङमा बलात्कारपछि हत्या गरिएकी १८ महिने नाबालिकालाई न्यायका लागि काठमाडौंको माइतीघरमा प्रदर्शन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.