हेटौंडा : वसन्त ऋतु, ऋतुहरूमध्येको सबैभन्दा रुचाइने ऋतु हो। यस ऋतुलाई नयाँ पालुवाको पलाउने समयका रुपमा अर्थ्याइन्छ। वसन्तको आवागमनसँगै नयाँ पालुवाले वातावरणमलाई स्वच्छन्दता थपेको छ। पाखाबारी र सडकका छेउछाउमा फुलेका फूलले सौन्दर्य थपिदिएका छन्।
गाउँघरमा रुख विरुवामा पुराना पात झर्दै नयाँ पालुवा पलाउन थालेका छन्। रुखबाट झरेका पुराना पातलाई पत्करको रुपमा प्रयोग गर्ने गरिन्छ। यतिबेला गाउँमा आँप,आरु जस्ता विभिन्न प्रकारका फलको चिचिला लाग्न फूल फुल्न थालेका छन्।
आँपका बोटमा फल फल्ने पहिलो चरणको फूलले बोटलाई लटरम्म बनाएको देखिन्छ। रंगीचंगी फूलहरूले पनि नयाँ उमंग थप्न थालेको छ। यौ मौसममा गाउँमा विशेषगरि लालुपाते फूलले सुन्दरता दिने गर्छ।
वसन्तको स्वागत गर्न तयार भएर बसेका केही फुलहरूलाई थाहाखबरकर्मी श्रीजना नेपालले आफ्नो क्यामरामा कैद गरेकी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।