|

 काठमाडौं : साताको दोस्रो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ।

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सोमबार १७.९९ अंकले वृद्धि भएको  हो। आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंकले बढेको छ। 

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत केही वृद्धि भएको छ। आइतबार २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ वटा उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी दुईवटा उपसमूहको सूचकमा गिरावट आएको छ।

जसमा अन्य उपसमूह र होटल तथा पर्यटन उपसूचकको सूचक क्रमशः १.९ र ०.४३ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, विकास बैंकको उपसमूहको परिसूचक सबैभन्दा बढी २.९२ प्रतिशतले बढेको छ।

जलविद्युत् र फाइनान्स उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढको छ। त्यस्तै, व्यापार, जीवन बिमा र लगानी उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले बढेको छ भने बाँकी उपसमूहको परिसूचक ० प्रतिशतभन्दा कमले बढेको छ।

नेप्से परिसूचक वृद्धि भएसँगै इमर्जिङ नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, ङादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य बढेको छ।

तर, यता नेपाल टेलिकमको शेयरमूल्य सर्वाधिक २.९७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर  नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। अरुण भ्याली हाइड्रोपावर ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.