|

काठमाडौं : दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार गिरावट आएको छ।

बुधबार नेप्से परिसूचक २०.३४ अंक घटेर २ हजार ६३०.३६ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २२६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ। मंगलबार २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार उपसमूहको परिसूचक ०.५० प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.२५ प्रतिशत बढेको छ।

तर, यता विकास बैंक, वित्त, जलविद्युत, अन्य र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि दुईवटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

कारोबार रकमका आधारमा आजको दिन करिब साढे ८ करोडको शेयर खरिदबिक्री गरेर  एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, जीवन विकास लघुवित्तको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.