महाभारतमा एक महिनाभित्रै मिटर बक्स

|

काभ्रे : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फ भुसालले माओवादी आन्दोलन अर्थात् जनयुद्धको जगमा काठमाडौंको सिंहदरबारमा केन्द्रित अधिकार जनताको आँगनमा पुगेको बताएकी छन्।

बुधबार काभ्रेको बनेपामा महाभारत–उपत्यका सम्पर्क समन्वय समितिद्वारा आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन्।

‘जनयुद्ध र १९ दिने जनआन्दोलनबाट जनताको संविधान लेख्यौँ, जनताको अधिकारलाई लिपीबद्ध गरौँ र सिंहदरबारमा केन्द्रित अधिकारहरु जनताको घरदैलोमा  लैजाने काम गरे’ उनले भनिन्, ‘त्यसैलाई हामीले सिंहदरबारको अधिकार जनताको घर आँगनमा बन्यो। कार्यपालिका, न्यायपालिका लगायतका अधिकार सम्पन्न पालिका सरकार बनायौँ।’

मन्त्री भुसालले निर्वाचन वडा र पालिकाको प्रतिनिधि चुन्नको लागि मात्रै नभई परिर्वतन र सहिदको सपना सार्थक बनाउनको लागि भएको बताइन्। मन्त्री भुसालले आगfमी निर्वाचनमा परिवर्तनको एजेण्डा रक्षाको लागि भए पनि माओवादीले जित्नुपर्ने बताइन्।

उनले देशको व्यवस्था परिवर्तनको लागि जनताको पार्टी, सेनासहित जनताको बीचबाट अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले समान्तवाद, निरंकुशता, एकात्मकताको अन्त्यसँगै अहिले परिवर्तन भएको बताइन्। उनले भनिन्, ‘माओवादी नयाँ नेपाल बनाउन चाहन्थ्यो। जुन हामीले सिद्ध गरेका छौँ।’

महाभारतमा विकासको लहर

मन्त्री भुसालले माओवादीले जितेको पालिकामा जनताले महसुस गर्ने गरी आर्थिक, समाजिक लगायतमा विकास भएको बताइन्। उनले माओवादीले चाहेको विकास हेर्न जिल्लाकै महाभारत गाउँपालिका हेर्दा पुग्ने बताइन्।

त्यस्तै, उनले माओवादी आन्दोलनकै कारण वडा सदस्यदेखि गाउँपालिका हुँदै राष्ट्रको प्रमुख बन्नेसम्म महिला अनिवार्य हुनु पर्ने व्यवस्था गरेको दाबी गरे। ‘वडा सदस्य त्यसमा पनि दलित महिला अनिवार्य गर्यौँ’, उनले भनिन्, ‘पालिका प्रमुख वा उपप्रमुखदेखि राष्ट्रपति वा उपराष्ट्रमध्ये कुनै एकमा समेत महिला हुनुपर्ने व्यवस्था गरेको छ। यो सबै हुनुको जस माओवादी जनयुद्धलाई जान्छ।’

त्यस्तै, उनले आफू मन्त्री भएसँगै २० युनिटसम्म जनतालाई नि:शुल्क विद्युत वितरण गरेको जानकारी दिँदै ५० लाख जनता विद्युतको पहुँचमा रहेको र बाँकीलाई पनि छिट्टै सोही पहुँच ल्याउने गरी काम भइरहेको बताइन्।

एक महिनाभित्रै मिटर बक्स

मन्त्री भुसालले महाभारतबासीलाई एक महिनाभित्रै मिटर बक्स उपलब्ध गराइने बताइन्। केन्द्रीय लाइन विस्तार भएसँगै अहिले महाभारतमा घरघरमा लाइन तान्ने र सबस्टेसन बनाउने काम भइरहेको छ।

मन्त्री भुसालले सम्बोधनकै क्रममा कोखजोर खोलाको पानीलाई सिँचाइमा व्यवस्थापन गरेर बाह्रै महिना सुविधा हुनेगरी काभ्रेका महाभारत, खानीखोला र सिन्धुलीका जनतालाई समेत कृषिमा आत्मनिर्भर हुन सक्ने बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री भुसालले १२१ मेघावाट क्षमताको कोखजोर जलविद्युत आयोजनाको लागि जेठ १५ पछिको बजेटबाट काम सुरु हुने गरी थप अध्ययनको लागि इन्जिनियरको टोली पठाउने बताइन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँ गाउँमा मोटर बाटो पुगेको जानकारी दिँदै केन्द्रीय विद्युत र सिँचाइको काम पूरा भएसँगै महाभारतमा ऊर्जाको क्षेत्रमा नयाँ आयाम सुरु हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.