|

जयनगर (भारत) : भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको आज उद्घाटन हुँदैछ। 

उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाटआज दिउँसो १२ः१५ रेल सेवाको उद्घाटन गर्नेछन्। 

हैदराबादमा दुवै देशका प्रधानमन्त्रीले नेपाली र भारतीय झण्डा हल्लाएर रेलको उद्घाटन गर्नुहुनेछ। उद्घाटनका लागि जनकपुरधाम र जयनगर रेल्वे स्टेशनलाई भव्य तरिकाले सजाइएको छ। दुवै रेल्वे स्टेशनमा प्रोजेक्टरसहितको कार्यक्रम गरिनेछ।

उद्घाटनका बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिने छन्। दुवै देशका प्रधानमन्त्रीले झण्डा हल्लाएपछि जयनगरबाट जनकपुरका लागि रेल गुड्ने छ। रेल प्रत्येक स्टेशनमा रोकिने छ।

रेल उद्घाटन कार्यक्रममा भाग लिन आएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदूतावासका उच्च अधिकारी, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झा र सञ्चारकर्मीसहितको टोली जयनगर पुगिसकेका छन्। 

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे खण्डको सरसफाइ र स्टेसनहरूलाई चिटिक्क पारिएको छ भने जयनगरबाट जनकपुरतर्फ आउने रेललाई दुहली झै सिङ्गारिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.